हिविसकसमा विद्यार्थीहरुलाई मःमः बनाउने तालिम

  • चैत १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / हिविसकस इड्लिस बोडिङ स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।
स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त व्यावहारिक ज्ञान समेत दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले जानकारी दिइन ।
विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन् ।

विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।
अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउँदा खुशी लागेको प्रिन्सिपल लिम्बुको भनाई रहेको छ ।

अभिभावक,विद्यार्थी र शिक्षकहरुबीचको सहकार्यले पारस्पारीक सम्वन्ध कायम हुनुका साथै एक अर्कामा दरीलो विश्वास वढने विद्यालयका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।विद्यालयमा किताबी ज्ञानका अतिरिक्त पारीवारिक र व्यावहारिक अनुभव एवम् शिक्षा पाउँदा खुशी लागेको कक्षा ८ का निवा मावो लिम्बुले वताए ।

पछिल्लो समय हिविसकस स्कुलले पढाईका अतिरिक्त क्रियाकलापमा निकै ठूलो फड्को मार्दैै आएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved