फरार कैदी पक्राउ

  • चैत १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम/इलाम कारागारबाट विहीबार दिउँसो भागेका थुनुवा शुक्रबार साँझ पक्राउ परेका छन् ।

कारागारको सुरक्षा पर्खाल पार गरी भागेका झापा मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई साँझ ५ बजे पुन: पक्राउ परेका हुन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा इलाम नगरपालिका १० स्थित माईखोला पारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलीप घिमिरेले जानकारी दिए । प्रहरीले खोज्दै लखेट्दै लैजाने क्रममा लुक्दै भाग्दै गरेका राईलाई पक्राउ गरेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । राईलाई थप अनुसन्धान गरिने प्रहरी उपरिक्षक घिमिरेले बताए ।

राईलाई अब डेढी थप सजाय हुनेछ । कारागार ऐन अनुसार थप डेढी सजाय हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

राई विहीबार दिउँसो ३ बजेतिर सरक्षा पर्खाल पार गरी भागेका थिए । साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि भागेको खुलेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved