नेवार एकता समाजको वार्षिक कार्यक्रम सार्वजनिक

  • चैत १७, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर/  धरानमा केन्द्रित रहेको नेवारी समुदायको संस्था नेवार एकता समाज धरानले सामाजिक कार्य र साँस्कृतिक पहिचानलाई विगतदेखि नै जीवन्तता राख्दै आएको छ ।

नव कार्यसमिति निर्वाचित भएर आएपछि यसलाई अझै विस्तार गर्दै यसको सक्रियता अझै बढाउउने उद्देश्यले ‘वार्षिक कार्यक्रम तथा योजना– २०८०’ सार्वजनिक गरेको छ ।
धुलिखेल समाजको कार्यालयमा समाजले पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो ।

338511007_161310040182056_4982078984358105664_n

केही समय अगाडि भएको निर्वाचनबाट सञ्चारकर्मी महेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिले गठन भएको छ । सो समितिले गर्दै ११ बुँदे वार्षिक कार्यक्रम तथा योजना पत्रकार माझ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको कार्यक्रम तथा योजननामा साँस्कृतिक चेतनाको विस्तार, सार्वजनिक कार्यक्रममा सक्रियता र सांगठनिक सुदृढीकरण लगायतका कुरालाई समेटिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले विगतमा पनि सामुदायको विकाससँगै सांगठनिक सुदृढ, सामाजिक कार्यमा सक्रियता, नेवारहरुको पहिचान र सँस्कृतिको जगेर्नामा लागेको यो समाजले यसलाई अझ सशक्त बनाउने अभिप्रायले बार्षिक योजना र कार्यक्रम नै बनाएर अगाडि बढ्ने लक्ष्य लिएको बताए ।

सार्वजनिक गरेको कार्ययोजनामा समाजले विपन्न तथा असहाय युवायुवतीलाई उच्चशिक्षा अध्ययनको अवस्थाको सिर्जना गर्ने, अन्तरजातीय वैवाहिक सम्बन्धमा रहेका नेवार चेलीहरूको तथ्यांक संकलन गरेर उनीहरूलाई संगठित र सशक्तीकरण गर्ने, नेवार एकता समाजको संगठन विस्तार गर्ने, रुग्ण उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान संचालन गर्ने,

नेवार एकता समाजको सदस्य संख्या एक वर्षमा ५ हजार पु¥र्याउन, नेवार एकता समाजको भवन निर्माणार्थ उपयुक्त स्थानमा जग्गा खरिद वा प्राप्तिको व्यवस्था गर्ने लगायतका रहेका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved