जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त धुलो, धुवाँ, खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम

  • चैत्र १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt समयमै सडक नबन्दा केही समय अगाडि दुर्घटनाग्रस्त भएको यात्रुवाहक बस ।

धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ ।

समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् ।

जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ

भने तराहरादेखि सेउतीसम्मको सडक निर्माण कार्य सुस्त हुदा सवारी साधन लिएर आवातजावत गर्ने, विरामी बोकेर आउने एम्बुलेन्स हिलो, धुलो र खाल्डाखुल्डीका कारण समस्यामा पर्ने गरेका छन् ।

तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का लिएको छ ।
तर निर्माण कम्पनीले भने सडकमा ढिलासुस्ती नभएको दाबी गर्दै आएका छन् । 

तरहरादेखि सेउती पुलसम्मको निर्माणको ठेक्का लिएको कम्पनीका शव इन्जिनियर लक्ष्मण कार्कीले यो सडक २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको बताए । उनले काम पनि द्रुत रुपमा बनिरहेको दाबी गरे । उनले भने–‘काममा ढिलाई भएको छैन, २०८० असार मसन्तसम्म सक्ने हाम्रो सम्झौता छ, त्यसभित्र हामी सक्छौं ।’

यो सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा लागत पनि बढ्ने देखिएको छ । कोरोना संक्रमण, मजदुरहरुको होलि डे लगायतका कारणले लागत बढेको हो ।

यातायात व्यवसायी एवम् नेता सरोज श्रेष्ठले समयमै सडक निर्माण नहुदा यातायातको साधनमा टुटफुट आउने, धुलो र हिलोले समस्या हुने लगायतका समस्या भएको बताए । उनले यसमा सम्बन्धित पक्षले खवरदारी गरेर निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने बताए ।

उनले सडक निर्माण सम्पन्न भए पनि सर्ट रिफ्रेसमेन्ट सेन्टर बनाइएको बताए । उनलदे भने–‘ठाउँ ठाउँमा रिफ्रेसमेन्ट सेन्टर निर्माण गर्नुपर्ने आवश्यकता छ, सडक डिभिजन कार्यालयलाई हामीले यस सम्बन्धी अनुरोध गरेको छौं । सडक निर्माण हुनुभन्दा अगाडि नै डिपिआर तयार गर्नुपर्नेमा त्यो नदेखिएकोले यस कुरामा पनि सडक डिभिजन कार्यालयले सोच्नुपर्ने पर्छ ।’
व्यापारीको प्रतिनिधि गर्ने सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले सामान ढुवानी लगायत आवतजावतमा व्यवसायीहरुको धेरै गुनासो आउने गरेको बताउदै चाडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ लेन बाटा अन्तर्गत तराहरादेखि धरानसम्मको सडक निर्माण चाडो सम्पन्न गर्न सम्बन्धित पक्षको उपस्थितिमा छलफल हुदा रुग्ण आयोजना समयमै सम्पन्न गर्न आग्रह गरिसकेको जनाएको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यस विषयमा सम्बन्धित पक्षसँग छलफल भएको र छलफलमा ६ लेनको आयोजना प्रमुख, हुलाकी मार्गको प्रमुख र सडक डिभिजनका प्रमुख सहितको उपस्थितिमा रुग्ण आयोजना समयमा सम्पन्न गर्ने, तत्काललाई खाल्डाखुल्डी पुर्ने, सडकमा गर्नुपर्ने रोड फर्निसन, सडक सुरक्षाको उपायहरु समयमै अवलम्बन गर्न अनुरोध गरिएको बताइन् ।

लामो समयसम्म ६ लेन सडकको निर्माण सम्पन्न विविधि कारणले हुन सकेको छैन । यसले गर्दा यात्रुवाहक बस, विरामी बोकेर आउने गरेका एम्बुलेन्स, दुई पाँग्रे सवारी साधनले सडकमा भएका खाल्डाखुल्डी, धुला, धुवा, बर्षाद्को समयमा सडक हिलाम्मे हुदा सास्ती भोग्नु परेको यातायात मजदुरहरुल्ले बताउदै आएका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved