महिला समूहद्वारा निःशुल्क आँखा शिविर

  • चैत १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।
शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ ।

सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ ।

निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको अध्यक्ष प्रधानले बताइन् । उनले भनिन्–‘आर्थिक अभाव र समयको अभावका कारण अस्पताल गएर चेकजाँच गर्न नसकेकाहरुलाई लक्षित गरी हामीले निःशुल्क चेकजाँच, औषधि वितरण गरेका हौै, चेकसँगै औषधि वितरण पनि सूर्य आइ केयरले नै गरिदिएको हो ।

सो अवसरमा चेकजाँचमा आएकाहरुलाई प्रेसर र सुगरको समेत चेकजाँच गरिएको थियो ।
एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् ।

महिलाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले एक वर्ष अगाडि खोलिएको समूहले संस्था गठन भए लगत्तै यो संस्थाको सक्रियता बढाएको छ ।
यस भन्दा अगाडि समूहले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो त्यसबेला ६७ पिन्ट रगत संकलन भएको थियो । यस्तै संस्थाकै मातहतमा महिलाहरुलाई आत्मनिर्भर बनाउन हेयर कटिङ तालिमको आयो्जना गरेको थियो जसमा ३० जना महिला सहभागी थिए ।

घर आँगन स्वच्छ र सफा राख्नुपर्छ भन्ने मूल अभिप्रायले यो संस्थाले विभिन्न ठाउँमा सरसफाइको कार्यक्रम समेत गदै आएको छ । यसै अनुरुप संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन समेत सरफाइ गरेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved