६६ औं राष्ट्रिय सहकारी दिवस ‘सहकारी जोखिम बन्दा बचतकर्ता त्रसित’

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / केही सहकारी संस्थाका कारणले पछिल्लो समय सहकारी संस्था बद्नाम हुँदै गएको ६६ औं सहकारी दिवसका अवसरमा बोल्ने वक्ताहरुले बताएका छन् ।

धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा सहभागीहरुले सहकारी खोलेर रातारात धनी हुने, निक्षेपकर्ताको रकम समयमै फिर्ता नदिने लगायतका कारणरले सहकारी संस्था बद्नाम भएको बताउदै अब यसलाई चिर्न आवश्यक भएको बताएका थिए ।

उनीहरुले पछिल्लो समयमा सहकारी सस्था धरासय बन्दै गएको बताउदै थोरै सहकारी संस्थाका कारण बचतकर्ताहरु त्रसित हुँदै गएको बताएका थिए । उनीहरुले निक्षेपकर्ताहरुको रकम समयमै फिर्ता नगरेसम्म पुन विश्वास जमाउन नसक्ने बताउँदै यसमा जिम्मेवारी संस्थाका संचालकहरुले लिनुपर्ने बताएका थिए ।

उनीहरुले स्थानीय सरकारले सहकारी ऐन स्वीकृत नगरेकोले चाडो भन्दा चाडो सहकारी ऐन लागू गर्न आग्रह गरेका थिए । केही संस्थाले गर्दा सहकारी संस्था बदनाम हुँदै गएकोप्रति उनीहरुले ध्यानाकर्षण गराउदै  यसलाई चिरफार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सहकारी संस्थाले हजारौलाई रोजगारी प्रदान गरेको,सानातिना व्यावसायीहरुले पनि आर्जन गरेको रकम बचत गर्ने अवसर पनि पाएको बताउदै सहकारी संस्थालाई कमाउने संस्था नबनाइ सेवामूलक संस्था बनाउनु पर्ने आवश्यकता रहेको बताएका थिए ।

सहकारी संस्थाको को गुनासोको विषयमा धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले नियमकारी निकाय स्थानीय सरकारले सहकारीहरुलाई नियमन गर्न नसकेको कुराप्रति इंगित गर्दै भट्टराईले सहकारीको समस्या कोभिड महामारी, रसिया र युक्रेनको युद्धपछि आर्थिक मन्दी आएको बताउदै यसको ठूलो प्रभाव वित्तीय क्षेत्रमा परेको बताए ।

यसको विषम् परिस्थितिमा सहकारीले देशको आर्थिक मेरुदण्डमा सहयोग पु¥याए पनि केही सीमित सहकारी संस्थाका कारण सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास हँटेको सुनाए । उनले हरेक क्षेत्रमा अफ्ठ्यारो परिस्थिति आए पनि यस्ता परिस्थितिलाई चिर्न सक्नुपर्ने बताए ।

सो अवसरमा जिल्ला सहकारी संस्था लिमिटेड उपाध्यक्ष दिनेश श्रेष्ठ, धरान उपमहानगर ३ वडाध्यक्ष बिद्या शाक्य, १५ न.वडाका वडाध्यक्ष नरेश इवारम, धरान १७ वडाध्यक्ष सुर्य बहादुर भट्टराई, जिल्ला बचत सहकारी संस्था महिला अध्यक्ष ममता शाक्य, ने.का.धरान नगर सभापति श्याम पोख्रेल, जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बु , एमाले धरान नगर उपाध्यक्ष पारस काङब्राङ लगायतको उपस्थिति रहेको थियो ।

‘सहकारीको दिगोपना, स्वनियम, सुशासन’ भन्ने नाराका साथ आयोजना भएको सहकारी दिवसको अवसरमा कार्यक्रम अघि ¥यालीको समेत आयोजना गरिएको थियो ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved