पार्किङको प्रभावकारी कार्यान्वयन गरिने

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / विराटनगर महानगरपालिकाले लागु गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा रुपमा रुपमा कार्यान्वयन  गर्ने भएको छ ।

महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सुक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश राजधानीमात्रै नभएर विराटनगर कोशी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिबद्धता जनाए ।

आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन्।

अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको मेयर कोइरालाले बताए ।

मेयर कोइरालाले वैकल्पिक पार्किङलाई समेत व्यवस्थित बनाउँदै लगिने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने उल्लेख गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गइरहेको बताए । बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समेत सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, वडा प्रहरी कार्यालय (क) का प्रमुख विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालय मोरङका प्रमुख मनोज पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल,राजस्व महाशाखा प्रमुख सरोज गौतम,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल, महानगरका प्रहरी प्रमुख राजन पौडेल,महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीलगायतले ट्राफिक व्यवस्थापन,बजार अनुगमन, सामाजिक सुरक्षा ऐन, बाल श्रम ऐन, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय दर्ता, नवीकरण गरे नगरेको लगायतका विषयमा सुक्ष्म रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved