वडाकार्यालयमा आगो लगाएको आरोपमा एक व्याक्ति पक्राउ

  • चैत २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / इलामको माङ्सेबुङ गाउँपालिका –५ को वडा कार्यालयमा आगो लगाएकोे आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन्। घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लिम्बुले के कारणले वडा कार्यालयमा आगजनी गरेका हुन् भन्ने खुलिनसकेको र आगजनी तथा चोरी मुद्दा दर्ता गरी उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

चैत ९ गते राति वडा कार्यालयमा आगलागी भएको थियो । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आन्दोलन चलिरहेको समयमा वडा कार्यालयमा भएको आगजनी आफै लागेको हो की लगाईएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान भईरहेको थियो ।

सोही अनुसन्धानका क्रममा आगो लगाएको आरोपमा पक्राउ गरीएका लिम्बु पक्राउ परेका हुन ।अनुसन्धानका क्रममा लिम्बुले उक्त घटना घटाएको कुरा स्वीकार गरेको र आगजनी गरी उक्त वडा कार्यालयबाट चोरी गरी लगेको कम्प्युटर मनिटर, स्क्यानर, वाईफाई राउटर थान,माउस र किबोर्ड समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति भएको छ । राती अन्दाजी साढे ११ बजे आगलागी हुँदा कार्यालयको झ्यालसहित सोफा, टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, कार्यपेटलगायत फर्नचर जलेर नष्ट भएको थियो ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved