न्यूरोद्धारा विद्यार्थीहरुलाई विदाई तथा स्वागत कार्यक्रम

  • चैत २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सञ्चालित न्युरो हेल्थ कलेजका नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वाग र अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा.बिरेन्द्र कमार विष्ट, कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.रविन राज सिंह,न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाको उपस्थितिमा बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए ।

सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ पुर्वान्चलमा उत्कृष्ट नतिजा ल्याउने कलेजको रुपमा परिचित रहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए । सोही अवसरमा सिटिइभिटी अन्र्तगत शैक्षिक सत्र २०७५ र २०७६ र्मा नर्सिगं कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कलेजका विधार्थी सुश्री युनिशा ओझालाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कमार विष्टले दुई दशक भन्दा समय देखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दे आएको न्युरो अस्पतालले आफनो भगिनी संस्था न्युरो हेल्थ कलेज त्यसैगरि लर्ड बुद्ध कलेजको माध्यमबाट दक्ष जनशति उत्पादनमा विशिष्ट पहिचान बनाउदै गएको बताए । कार्यक्रममा विधार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved