अभिभावक दिवसमा विविध कार्यक्रम सम्पन्न

  • चैत्र २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान १६ स्थित नवोदय विद्या मन्दिरले अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
शनिबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई खेदकुद तथा बार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

nnnnnnnnnnnnnn nnnnnnnnnnnnnnn
धरान उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्य तथा नवोदय विद्या मन्दिरका अध्यक्ष ज्ञानेश्वर झाको आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

नवोदय विद्या मन्दिरका प्रिन्सिपल डम्बर  तुम्बाफोले अभिभावक दिवसको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको बताए ।

सो अवसरमा हट पोटेटो प्रतियोगिता, चक्लेट रेस प्रतियोगिता, मार्वल रेश लगातका कार्यक्रमको आयोजना गरेको थियो । बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लगायत खेल प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिल डम्बर तुम्बाफोले पुरस्कार वितरण गरेका थिए ।

nnnnnnnnnnnnn nnn

सो अवसरमा बोल्दै वडाध्यक्ष भट्टराईले नवोदय विद्या मन्दिर धरानको मात्र हैन कोशी प्रदेशकै शैक्षिक हव भएको बताएका थिए । उनले होटल म्यानेजमेन्ट शंकायमा यो विद्यालयले धेरै छिटो फड्को मारेको बताउदै धेरै धेरै विद्यार्थीले यस विद्यालयबाट अध्ययन सकेर भविष्य निर्माण गरेको बताए ।

उनले भने–‘आज अभिभावक दिवसमात्र हैन विद्यार्थीहरुले एक वर्ष मेहनत गरेको प्रतिफल सुन्ने दिन पनि हो ।’
सो अवसरमा विद्यार्थीहरुले साँगीतिक कार्यक्रम, नाटक, तथा कविता प्रस्तुत गरेका थिए ।

nn

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved