सडक स्तरोन्नतिको सट्टा भत्केका ठाउँमा टालटुल विजयपुर धार्मिक पर्यटकीय स्थल

  • चैत्र २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरान १४ विजयपुरमा बनिसकेका तर भत्किएका सडक टालटुल गर्ने काम शुरु गरेको छ । बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ ।

उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

यसमध्ये धरान १४ विजयपुरको विजयपुरदेखि पाँचकन्यासम्मको सडकलाई स्तरोन्नति शुरु भइसकेको छ । सडक विस्तार गर्ने योजना नभएपनि भत्किएका खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने रहेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् । उनले भने ‘यो बाटोमा पूरै निर्माण नभइ भत्किएको ठाउँलाई मर्मत गर्छौ ।’

उपमहानगरपालिकाले बजेटबाट एउटा सडकलाई स्तरोन्नति गरेर दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा आएको बजेटले चार वटा सडकलाई टालटुले काम गर्दै आएकोप्रति धरान १४ स्थानीयहरु समेत अचम्मित बनेका छन् । टालेको ६ महिना नभई भत्किने हुँदा यो काम बजेट सक्ने काम मात्र भएको उनीहरुको भविजयपुर ई छ ।

मापदण्डमा ३० फुटको बाटो विस्तार गर्ने दीर्घकालीन योजना भएपनि सडक छेउछाउका घरधनीहरुले भत्काउन नदिएकोले काम गर्न नसकिएको इन्जिनियर श्रेष्ठ बताउँछन् ।

उनी भन्छन  विजयपुर  पुरचौकदेखि पञ्चकन्यासम्मको सडक विस्तारका विषयमा हामीले यहाँका स्थानीय बासिन्दा, वडाध्यक्ष लगायतसँग पटक पटक छलफल ग¥यौं, तर सडकमा घर परेका घरधनीहरुले भत्काउन नमानेका कारण दीर्घकालीन रुपमा हामीले सडक निर्माण गर्न सकेका छैनौ ।

उनले बाटो विस्तार गरेर दीर्घकालीन सडक निर्माण तीन चार बर्ष भित्रमा सक्ने योजना उपमहानगरपालिकाले लिएको बताउदै अहिलेलाई चाहिँ भत्किएको, खाल्डाखुल्डी परेका ठाउँलाई टालटुल गर्ने काम मात्र अगाडि बढाइएको बताए।उनले विजयपुर धार्मिक पर्यटकीय क्षेत्र भएकोले उपमहानगरपालिकाको योजना पनि यो सडक अप्रगेट गर्ने योजना भएको बताए ।

शुक्रबार टालटुले सडकको उपमहानगरपालिकाको टोलीले अवोलकन समेत गरेको थियो ।अवलोकनमा इन्जिनियर सुरज श्रेष्ठ, उपमेयर अइन्द्र विक्रम बेघा, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरदेखि पञ्चकन्यासम्म स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनपश्चात बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले निर्माणको कामलाई नियमित अनुगमन गर्ने बताए ।उनले भनेपञ्चकन्यामा शुरु भएको रेसोलिङको कामलाई हामीले पहिलोपटक अनुगमन गरेका छौै,अनुगमनका क्रममा सडकको अवस्था कस्तो छ,कहाँ कस्तो तरिकाले रेसोलिङ गर्नुपर्ने हो,त्यो हामीले बुझ्नै छौं, नियमित अनुगमन गरेर काम प्रभावकारी बनाउनेतर्फ हामी लाग्छौं ।

दीर्घकालीन सडक निर्माणको विषयमा उपमेयर बेघाले १४ नं. का वडाध्यक्षले अहिले आधा सडकमात्र विस्तार गर्न सकिने र आधामा समस्या रहेको जानकारी दिएपछि अहिलेलाई ३० फुटे बाटो विस्तारलाई थाँति राखेको बताए ।उनले भने भत्किएको सडक टालटुल गर्ने भन्दा पनि दीर्घकालीन सडक निर्माण गर्ने उपमहानगरपालिकाको लक्ष्य पनि हो, यसतर्फ हामी गम्भीर छौं ।’

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved