अदुवाको मूल्य बढेपछि कृषक हर्षित

  • चैत २८, २०७९
  • " फणिन्द्र तिम्सिना"
alt

धरान / यस बर्ष अदुवाले बजार मूल्य पाएपछि कृषकहरु हर्षित बनेका छन् । गतबर्षको तुलनामा यस बर्ष अदुवाको मूल्य दोब्बर बन्दा कृषकले धेरै मुनाफा लिन सक्ने भएपछि कृषहरु ह्र्षित बनेका हुन् ।

धरान १३ मा रहेको कृषि उपज बजारका अनुसार यस बर्ष अदुवाको मूल्य एभरेजमा १ सय रुपैया प्रति विक्री हुदै आएको जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जेष्ठ असारतिर अहिलेको मूल्यभन्दा बढी विक्री हुने संकेत देखिएको बताए ।

कृषकहरुले आफूले उत्पादन गरेको अदुवाले बजार पाएको बताएका छन् । विष्णुपादुकाका कृषक मानवहादुर राईले यस बर्ष गत बर्षको तुलनामा यस बर्ष दोब्बर मूल्य रहेको बताए । उनले भने–‘यस पटक व्यापारीले नै एक रुपैया प्रतिकेजी खरिद गरेर लग्छन्, गत बर्ष अदुवाको मूल्य नहुँदा ५० रुपैया प्रतिकेजी पनि बिक्री भएन ।’

व्यापारीहरुले खरिद गरेको अदुवा ८० प्रतिशत भारत निर्यात हुने र २० प्रतिशत नेपालमा खपत हुने व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछ्न् । उनी भन्छन्–‘सिजनका बेलामा कृृषिबजारबाट १० हजार मेट्रिक टन अदुवाको कारोबार हुन्छ, कारोबार भएको अदुवामध्ये ८० प्रतिशत भारत जान्छ, बाँकी २० प्रतिशत नेपालमै खपत हुन्छ ।

मूल्य बढेकै कारण बिक्री गर्न उनीहरु आतुर छन् । धरान ११ मंगलबारेमा अधुवा बिक्री गर्नका लागि विष्णुपादुका क्षेत्रबाट धेरै कृषकले बिक्रीका लागि ल्याएका थिए । मूल्य बढेका कारण यस बर्ष राम्रो आम्दानी हुने सोच उनीहरुको छ ।

धरान उपमहानगरपालिकाले पनि धरान २० विष्णुपादुका र धरान ४,५ र ६ पाँचकन्यालाई कृषि पकेट क्षेत्रको विकास गर्ने योजना अगाडि सारेका छ । तर कारोबारमा विचौलिया सल्बलाउँदा भने अझ कृषकहरुले भनेजति मूल्य पाउन सक्दैनन, कृषकका लागि विचौलिया समस्याको विषय बनेको छ ।

कृषकले उत्पादन गरेको अदुवाको मूल्य विचौलियाले नै तोकिदिने सम्मका काम हुने गरेका छन् । उनीहरुको अदुवाको बजारको सहजीकरण गरिदिनेमात्र हो भने विचौलियाबाट उनीहरुलाई समस्या हुने थिएन ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved