कर संकलन अभिवृद्धि तालिम

  • चैत २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यले वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

यसरी तोकिएका सम्पर्क व्यक्तिले स्वयमसेवकहरुसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा समेत सहजीकरण गर्दै आएका छन्। करका विषयमा समस्या आए सम्पर्क व्यक्तिहरुले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर संकलन अभियान सञ्चालन गरिरहेको बताए । आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ थियो ।

सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर संकलन अभियान प्रभावकारी भएको दाबी गरे । दुईदिनसम्म सञ्चालन हुने तालिममा करविज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गरेका थिए

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved