झापाको नगर अस्पताल अलपत्र ठेकेदार कम्पनी बेपत्ता

  • माघ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा /  झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन अस्पताल अहिले लथालिङ्ग अवस्थामा रहेको छ । नगरपालिकाको १० नं. वडामा निर्माणाधीन अस्पताल ठेकेदारले निर्माण कार्यलाई छोडेर भागेपनि दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।
नगरबासी लगायत आसपासका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको थियो । संघीय सरकारको २४ लाख लागतमा निर्माणाधीन अस्पतालमा १५ बेडको सुविधा सम्पन्न बनाउने योजना रहेको थियो । तर ठेकेदार नै भागेपछि भने जुन उद्देश्य लिएर अस्पताल निर्माण गरिएको हो त्यो हुन नसकेपछि स्थानीय तथा आसपासका सर्वसाधारण निराश बनेका छन् ।

यो अस्पताल निर्मणका लागि भूमि विपियल कन्ष्ट्रसनले १३ करोड ३० लाखमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम थालेको थियो । तर दुई वर्ष यता १० प्रतिशत पनि काम नसकिदै कन्स्ट्रक्सनका सञ्चालक कृष्णा बोहोरा सम्पर्कविहीन छन् । यो अस्पताल २०८० साउन मसान्तभित्र सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीले लिएको थियो ।

स्थानीय निर्माला चौहान भन्डारीले समयमै अस्पताल बन्ला र सर्वसाधारणले सहज ढंगबाट उपचार पाउँला भन्ने आशा भएपनि थालिएको दुई बर्ष बितिसक्दा पनि बीचैमा काम छोडेर ठेकेदार हिडेपछि भने आफूहरु निराश भएको बताइन् ।

उनले भनिन्–‘नजिक अस्पताल नहुँदा धेरै सास्ती थियो, घर नजिक अस्पताल बन्ने भयो अब सुविधा पाइएला भन्ने आशा लिएका थियौं, तर काम नै छोडेर ठेकेदार भागेपछि हामी निराश भएका छौं ।’ उनले ठेकेदारलाई कारबाही गर्नुपर्ने माग समेत राखिन । यो अस्पताल निर्माण हुँदा गाउँबासीमात्र हैन आसपासका सर्वसाधारणले समेत सेवा लिने बताइन् ।

यो अस्पताल मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको करिब ६ बिघा जग्गा परिसरमा बन्न लागेको हो । यो अस्पताल निर्माण सम्पन्न भएर सेवा प्रदान गरे आसपासका लाखौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने स्थानीहरुको भनाई छ ।

भवन निर्माण समयमा सम्पन्न नहुँदा त्यहा रहेका निर्माण सामाग्री समेत चोरी भएको स्थानीइहरु बताउँछन् । मेचीनगर नगरपालिकााका प्रमुख गोपालचन्द्र बुढाथोकीले समयमै निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा दिने उदेश्यले आवश्यक प्रकृया पूरा गरेर सम्झौता गरे पनि  ठेकेदार नै फरार भएपछि सबै काम अवरुद्ध भएको बताए ।

उनले भने–‘ठेकेदार कम्पनीको खोजी भइरहेको छ, यो विषयमा सरोकारवाला निकायलाई जानकारी गराएको र छिटै अस्पताल निर्माणको काम सुरू गर्नको लागि पहल भइरहेको छ ।’
अस्पताल निर्माणका लागि ठेकेदार कम्पनीले गत वर्षको कार्तिकमै २ करोड ६० लाख रुपैया पेश्कीवापत लिएका थिए ।

पेस्की लिएपछि कम्पनीले कामलाई निरन्तता दिनुको सट्टा फरार रहेको नगरपालिकाले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved