छातेढुंगाको संरक्षण भएन

  • माघ २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt तस्बिर : फणीन्द्र तिम्सिना

तेह्रथुम /  तेह्रथुम जिल्लाको ऐतिहासिक स्थल छाते ढुंगाको संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा रहेको यो ढुंगा सय वर्ष पुरानो मानिन्छ । ऐतिहासिक ढुंगा हेर्नकै लागि दैनिक आन्तरिक पर्यटक जाने गर्छन् तर यसको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् ।

IMG_20221026_113706

सय वर्ष पुरानो सो ढुंंगाको नामबाट छातेढुंगा गाविस नामकरण भएको थियो । अहिले सो गाविस आठराई गाउँपालिकाको ५ नं वडा भएको छ ।

तेह्रथुमका राजनीतिककर्मी तथा प्रदेश १ का पूर्व पर्यटन मन्त्री लक्ष्मण तिवारीले यस्ता ऐतिहासिक स्थलको संरक्षणमा सरकार लाग्नुपर्ने बेला आएको बताएका छन् ।

उनले भने –‘यो ढुंगा वि.सं. १९८१ मा स्थानीयबासी शुकलाल कन्दङ्बाले निर्माण गरेको कुरा ढुंगाको खम्बामा उल्लेख गरिएको छ, यसको अर्थ यो निर्माण भएको करिब १ सय वर्ष पुग्न लागेको छ, त्यो तेह्रथुम जिल्लाकै इतिहास हो, यसको संरक्षण जरुरी छ ।’

ढुंगाबाट बनेको छाता हेर्नेहरु समेत मोहित हुने गरेका छन् । एक पटक पुग्ने जो कोही त्यहाँ पटक पटक पुग्ने गरेका छ । लाली गुराँस नगरपालिका तेह्रथुमका मणिकुमार सुब्बाले त्यहाँ पुगेर ढुंगाको छाता हेर्दा र बस्दा आनन्द लाग्ने बताए । उनले भने ‘आठराईको ऐतिहासिकतासँग जोडिएको यो पर्यटकीय स्थल प्रर्वद्धनका लागि राज्यको उपस्थिति भने शून्य रहकेो छ।

यसको संरक्षण र प्रवद्र्धन गर्न सके पूर्वको पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सकिने थियो । ’
उनले ढुंगाको छातासँगै त्यहाँ कोरिएका चन्द्र, सूर्य, तारा, नाग, माछालगायतका देवदेवीका चित्रले यसको यो ढुंगाको आकर्षण झन बढेको बताए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved