पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पूरा मन्त्री सिटौलाले उद्घाटन गर्ने

  • माघ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् ।

आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’

महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ । मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

धरानलाई फूलबारीको सहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले प्रदर्शनीमा ५ सय भन्दा बढी प्रजातिका विरुवाहरु रहनेछन् भने मेलामा ५० हजार भन्दा बढीले अवलोकना गरेका छन् ।सायिक कारोबार हुने अनुमान रहेको बताएकाछन् ।

पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहने पोखरेलले बताए । ती स्टलमा मौसमी,आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।

मेलामा झापाको धरमपुर, काकडभिट्टाका नर्सरीले सहभागीता जनाएकाछन् भने इटहरी, तरहरा चतरा, र वाङ्गेका गरी ५० स्टल रहेकाछन् । जसमा २ वटा आर्गानिक सव्जिका स्टलहरु रहेकाछन् भने २ वटा विषादीका औषधिका स्टल रहेका छन् ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved