प्रदेश १ को प्रदेशसभा बैठक "दुईवटा समिति गठन"

  • माघ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 प्रदेश १ को प्रदेशसभा बैठक छुट्टाछुट्टै दुईवटा समिति गठन गरेको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम ११ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ ।

समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवती रमण भण्डारी, सिर्जना राई, भुपेन्द्र राई, विद्या विद्या चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

 प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम सभामुख अध्यक्ष, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

यसैगरी पदेश सदस्य नियमावली मस्यौदा समिति समेत गठन भएको छ । समितिमा गीता तिम्सिना, कमलप्रसाद जवेगु, शोभा चेम्जोङ, केदार कार्की, लिला बल्लभ अधिकारी, गम्भु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन रामदेव यादव र यसोदा कायस्थ रहेका छन् ।

सभापति बाबुराम गौतमले समितिलाई ३० दिनभित्र मस्यौदा तयार गर्ने समय सीमा दिएका छन् । प्रत्येक नयाँ साँसदले आफू सञ्चालन गर्ने नियमावली आफै बनाउनुपर्ने अभ्यास छ । त्यसै प्रदेशसभाको सोमबारको बैठकमा सरकारले ल्याएको प्रदेश निजामति अध्यादेश छलफलकाका लागि पेश भएको छ ।

सामाजिक विकासमन्त्री बुद्धकुमार राजभण्डारीले छलफलका लागि प्रस्ताव निणयार्थ पेश गरेका थिए । उनले पेश गरेको विद्येयक सर्वसम्मतले पास भएको छ । सभामुख गौतमले प्रदेशप्रमुखबाट प्राप्त सरकारको कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाएका थिए । नेपाली काँग्रेसका सांसद केदार कार्की शून्य समय हँटाएर सांसदहरुलाई बोल्न पाउने हक अधिकार कटौति नगर्न आग्रह गरेका थिए ।

 

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved