दलित उत्थानको समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार

  • माघ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन ।

आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन ।

समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् ।

सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए ।

साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवन पनि उदघाटन गरिएको थियो । भवन प्रमुख अतिथि सुन्दरहरैचा नपाका प्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथि पुर्व प्रमुख शिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved