सरस्वतीको ६६ औ वार्षिकोत्सव सम्पन्न

  • माघ २४, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी /  दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
सो अवसरमा पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ ।

IMG-20230206-WA0023

IMG-20230206-WA0025

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए ।

उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक तेजप्रसाद तिम्सिनाले विद्यालयको चौतर्फी विकासका लागि सवै एक भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

IMG-20230206-WA0030

सो अवसरमा श्री विद्यालयको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा, दुहबी नगरपालिकाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, विद्यार्थी अभिभावकहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

IMG-20230206-WA0014

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved