प्रेस चौतारीको स्थापना दिवस धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण "धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण"

  • माघ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे ।

त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठ, सहसचिव माया राउत, कोषाध्यक्ष रविन्द्र रनपहेली लगायतले विरामीहरुलाई फुलफुल प्रदान गरेका छन् ।

उनीहरुले अस्पतालको इमर्जेन्सी, ओपीडी, पोष्टअप लगायतमा रहेका बिरामीहरुलाई स्याउ, सुन्तला, फ्रुटी, केरा लगायत फुलफुल प्रदान गरेका हुन् । पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधनका कारण सञ्चारकर्मीहरु शोकमा रहेकाले तामझामपूर्ण कार्यक्रम नगरी अस्पतालका विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाइएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलले जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved