प्रदेश निम्छरो हुँदा खारेजीको आवाज उठ्यो ‘संघीय सरकार जिम्मेवार’

  • माघ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / संविधानतः निर्माण भएका तीन तहका सरकारमध्ये प्रदेश सरकार निम्छरो भएको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।
‘संविधानतः तीन वटा सरकार छ, स्थानीय सरकार जति बलियो छ, संघीय सरकार जति बलियो छ, हामी त्यति निम्छरो छौं,’ मन्त्री राजभण्डारीले भने, ‘अधिकार पनि छैन, काम पनि धेरै गर्नु पर्ने ।’

प्रदेशसरकार खारेजगर्ने आवाजहरुलाई सङ्घीय सरकारले मलजल गर्दै गइरहेको मन्त्री राजभण्डारीले आरोप लगाएका छन् । उनले यस्ता आवाजहरुलाई न्युनीकरण गर्दै जाने काममा आफ्नो प्रयत्न रहने दृढता व्यक्त गरे ।

pp

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा इटहरीमा आयोजित कार्यक्रममा आइतबार बोल्दै मन्त्री राजभण्डारीले सङ्घीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारले समेत ऐन, कानुन, नीति, नियम निर्माण गर्न र नियमन गर्न समस्या उत्पन्न भएको बताए ।

‘सामाजिक विकास मन्त्रालय पैसा दिन मिल्ने त्यसको अनुगमन गर्न नमिल्ने छ, जस्तै शिक्षा मन्त्रालय, धेरै रकम शिक्षामा खर्च हुने त्यसको अनुगमन गर्न नमिल्ने,’ मन्त्री राजभण्डारीले भने । मन्त्री राजभण्डारीले थपे’अनि यो चाहिँ मोही माग्ने ढुङ्रो लुकाउने जस्तो भा छ, केन्द्रीय सरकारलाई तपाइँहरुको मिडियामार्फत भन्छु, कि शिक्षा हामीलाई हेर्नै नदेउ, दिने भए कम्तिमा त्यसको अनुगमन गर्ने, नियमन गर्ने, त्यसको वृत्तिविकास घटाउने बढाउने अधिकार प्रदेश सरकारलाई दिनु पर्यो ।’

p--

शिक्षामा प्रदेशभित्र सरुवा गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने मन्त्री राजभण्डारीले धारणा राखे । ’त्यस्तो कानुन र शिक्षा नियामावली तुरुन्त बनाएर पठाउन संघीय सरकारलाई अनुरोध गर्छु, त्यसै अनुसार हामी प्रदेशले पनि शिक्षा नियामावली बनाउछौ ।’ मन्त्री राजभण्डारीले भने, ’निजामती ऐन तुरुन्तै बनाइदिन पर्यो, पत्रकारिता सम्बन्धि अध्यादेश नियामावली पनि सङ्घीय सरकारबाट आए हामीले पनि त्यसै अनुसार बनाउन मिल्थ्यो ।’

प्रदेशले आफै कानुन बनाएर अघि बढ्दा सवैधानिक जटिलता आउने तर्फ सचेत रहेको बताए । उनले सङ्घीय सरकारको कानुन प्रदेशमा र प्रदेशको कानुन स्थानीय सरकारमा बाझिए खारेज हुने भएकाले सङ्घीय सरकारमा निर्भर हुँदा प्रदेश कमजोर बन्दै गएको तर्फ सङ्केत गरे ।

pres

’संविधानले के भन्छ ?, बाजिएको हदसम्म खारेज हुने । केन्द्रले नबनाई प्रदेशले बनाउन नपाउने, प्रदेशले नबनाई स्थानीयले बनाउन नमिल्ने, मन्त्री राजभण्डारीले भने, ’जान्ने भएर स्थानीय तहले ठीकठाक बनाइसकेको हुन्छ धेरै ठाउँमा त, पछि बाझियो भने त खारेज हुन्छ, दुःख पाइन्छ ।’

प्रेस जगतलाई हिजोको भन्दा राम्रो सुविधा दिन मन्त्रीको हैसियतले आफू प्रदेशमा लड्न तयार रहेको मन्त्री राजभण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

‘प्रदेशमा समानुपातिक विकास गर्ने प्रतिबद्धता’

सामाजिक विकास मन्त्रालयअन्तर्गत हुने कामलाई १४ जिल्लामा समानुपातिक हिसाबले वितरण गर्ने सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताए । विगतमा जस्तो असमान विकासको पक्षमा आफू नरहेकाले आफ्नो जिल्लामा मात्र मन्त्रीले विकास लानुपर्ने पक्षमा नरहेको बताए ।

p0

’हिजो एउटा माननीयको भागमा २ वटा विकास निर्माणको काम भयो भने मन्त्रीको भागमा २० वटा हुन्थ्यो,’ मन्त्री राजभण्डारीले भने, ’म आफू हिजो नेकपा एमालेको प्रमुख सचेतक भइरहँदा हाम्रै माननीयहरुलाई भनेको थिए, कि तपाइँको मन्त्री पद जानु पर्यो कि मेरो प्रमुख सचेतक पद जानु पर्यो, विकास समान चाहिँ हुनपर्‍यो ।’

pre

अङ्कको हिसाबमा एकदुई तलमाथि भए पनि समानुपातिक वितरणमा ध्यान पुर्याउने मन्त्री राजभण्डारीले बताए । ‘अरु जिल्लामा २ वटा विकास निर्माणका काम भए भने मेरो जिल्लामा १ वटा काम गर्छु, वा अरु जिल्लामा २ वटा काम भए भने मेरो जिल्लामा तीन वटा गर्न सक्छु तर त्यो पनि सकेसम्म गर्दिन ।’ मन्त्री राजभण्डारीले भने

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved