सीएनआई कोसी एक्स्पो विशिष्ट व्यक्तित्वद्वारा अनुगमन

  • माघ २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् ।

साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ ।

cni-expo-(1)-(2)

मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सन्फ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्धन गरिरहेका छन् । साहले उद्योगी व्यवसायीहरुका लागि यस्तो एक्स्पो निकै महत्वपूर्ण हुने बताए ।

‘व्यवसायीहरुले राम्रो प्लेटफर्म पाउनु भएको छ, सर्वसाधारणहरुले पनि छानीछानी रोजाइका उत्पादनको अवलोकन र खरिद गर्ने मौका पाएका छन्’ साहले भने, ‘बजारमा विभिन्न ब्राण्डहरु छन्, राम्रो ब्राण्डहरुको व्यापार पनि राम्रो भएका छन्, त्यसले व्यवसायीहरुलाई अघि बढाउन राम्रो अवसर भएको छ ।’

मास्टर सेफ साहले यस्तो एक्स्पो भइरहनु पर्ने बताए । न्यूट्रि प्लस कम्पनिले राम्रो तेलको उत्पादन गरेकोले आफु त्यसको ब्राण्ड एम्बेसडर भएको बताए ।
‘नेपालको फुड हाइजिन कम्पनीहरु मध्ये राम्रो कम्पनी बनेर आउनु भएको छ’ उनले भने, ‘प्रोसेसिङ र प्यूरिफिकेशन पनि राम्रो छ, उद्योग खुलेर रोजगारी सिर्जना भएको छ, यो सवैको लागि फाइदाको कुरा हो ।’
एक्स्पोमा साहको उपस्थितिले अवलोकनकर्ताहरु पनि उत्साहित बनेका छन् । उनलाई भेटेर सेल्फी फोटो खिच्ने र अटोग्राफ लिनेको पनि भिड लागेको थियो ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved