किसान कृषि यान्त्रिकरण उपकरण वितरण

  • माघ २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

खोटाङ / (रासस) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ ।

कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो ।

परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्याक्टर, केउरेनी किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर,सिर्जनशील किसान समूह, लफ्याङलाई एक थान हाते ट्याक्टर, शिवालय बहुउद्देश्यीय कृषि तथा पशुफर्म, राजापानीलाई एक थान हाते ट्याक्टर, नवज्योति किसान समूह, लफ्याङलाई एक थान हाते ट्याक्टर, आस्ना नमुना कृषि तथा पशु फार्म, दिक्तेललाई एक थान हाते ट्याक्टर, सम्पूर्ण बहुउद्देश्यीय कृषि तथा पशु फार्म, लफ्याङलाई एक थान हाते ट्याक्टर, निर्मला बहुउद्देश्यीय कृषि तथा पशु फार्म, राजापानीलाई एक थान हाते ट्याक्टर, घिमिरे टनेल कृषि फार्म, खोल्लेलाई एक थान हाते ट्याक्टर र समावेसी कृषि तथा पशुपक्षी फर्म, नेर्पालाई एक थान हाते ट्याक्टर वितरण गरेको छ ।

यस्तै, सिर्जनशील बाख्रा फार्म दोर्पा चिउरी डाँडालाई एक थान कम्बाईन मिल, सुजता बहुउद्देश्यीय कृषि तथा पशु फार्म, निर्मलीडाँडालाई एक थान कम्बाईन मिल र एक थान च्याफकटर, रामपुर अर्गानिक कृषि फार्म, नेर्पालाई एक थान कम्बाईन मिल वितरण गरिएको छ ।

कोपिला कृषि तथा पशुपक्षी फार्म,नेर्पालाई एक थान मल्टिक्रप थ्रेसर,मालिमारे बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म, विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर,मनमाया बहुउद्देश्यीय कृषि तथा पशु फार्म,विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, कविराज बहुउद्देश्यीय कृषि तथा पशु फर्म, विजयखर्कलाई एक थान कर्नसेलर र ट्याम्के सिद्धकाली बाख्रा फार्म, बाँझे च्यानडाँडालाई एक थान च्याफकटर प्रदान गरिएको छ ।

कृषि यान्त्रिकरण उपकरण वितरणका लागि चालु आर्थिक वर्ष विनियोजित २५ लाखमध्ये किसानको सहित १३ लाख २४ हजारको कृषि यान्त्रिकरण उपकरण खरिद गरेर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङका नायब सुब्बा ध्रुवकुमार कार्कीले जानकारी दिए ।

दिक्तेलमा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कृषि सहकारी, कृषि फर्म र कृषक समूहका प्रतिनिधि एवम् किसानलाई कृषि यान्त्रिकरण उपकरण हस्तान्तरण गर्नुभएको हो ।

विनियोजित रकममध्ये बाँकी रहेको रकमको कृषि उपकरण क्रमशः वितरण गर्ने योजना बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले जनाएको छ। परियोजना कार्यान्वयन इकाई खोटाङले जिल्लामा तरकारी र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा आर्थिक वर्ष २०७२÷७३ बाट सञ्चालन हुँदै आएको छ । परियोजनामार्फत जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)का कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved