सामुदायिक विद्यालय संरक्षणमा पहल गर

  • माघ २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान–१६ मा ४९ वर्षअघि स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) देशले भोगिरहेको विसङ्गतिलाई प्रस्तुत गर्ने उपयुक्त उदाहरण बन्न पुगेको छ । जसरी पर्याप्त प्राकृतिक सम्पदा भईकन पनि हाम्रो देश अभावग्रस्त छ, त्यसैगरी आवश्यक सम्पत्ति भएर पनि संरक्षण हुन नसक्दा यस विद्यालयले अभाव झेलिरहनु परेको छ । संरक्षण गर्न नसक्दा विद्यालयका जग्गामा अतिक्रमण बढ्दो छ । यसकारण यो विद्यालय अहिले दाताकै भरमा सञ्चालन भइरहेको समाचार प्रकाशमा आएको छ । यो विडम्बनाको विषय हो । आप्mनो सम्पत्ति हुँदाहुँदै पनि दाताको मुख ताक्नुपर्ने अवस्था आउनुलाई कुनै पनि अर्थमा सकारात्मक भन्न सकिँदैन ।

यो त उदाहरण मात्र हो । देशभरिमा यस्ता थुप्रै सामुदायिक शैक्षिक संस्थाहरू छन् । यस्तै समस्या झेल्न बाध्य अर्को शैक्षिक संस्था धरानकै चन्द्र संस्कृत माध्यमिक विद्यालय हो । धरानकै पिण्डेश्वर विद्यापीठ र महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा पनि अतिक्रमण बढिरहेको छ । महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा त पछिल्लो समय मुद्दा नै चलिरहेको छ । शैक्षिक संस्थाको सम्पत्तिलाई संरक्षण नगर्ने हो भने हाम्रा सन्ततिहरूले सहज रूपमा विद्या आर्जन गर्न नपाउने निश्चित छ । हुनेखानेहरूले त यहाँ नभए देशकै महङ्गा शिक्षालय वा विदेशमै गएर पनि शिक्षा प्राप्त गर्लान् । उनीहरूका लागि कुनै समस्या हुने छैन तर विपन्न र गरिब समुदायका बालबालिकाका लागि सामुदायिक शिक्षालयहरू नै आशाका केन्द्र हुन् । सामुदायिक अर्थात् सरकारी शिक्षालयहरू यसरी नै जोखिममा पर्दै जाने हो भने सर्वसाधारणले सहज रूपमा शिक्षा प्राप्त गर्न नपाउने निश्चित छ । त्यसैले यसतर्पm सबैको ध्यान जानु आवश्यक छ ।

शिक्षालयहरू ज्ञानका केन्द्र हुन् । ज्ञान र ज्ञानका केन्द्रलाई सम्मान गर्न नसक्ने समाज र राष्ट्रले सकारात्मक दिशामा प्रगति गर्न सक्दैन किनभने प्रगति र विकासको आधार नै ज्ञान हो । विकास र प्रगतिको चुलीमा पुगेका संसारका सबै देशले ज्ञानकै भर्याङ चढेर त्यहाँसम्मको यात्रा तय गरेका हुन् । ज्ञानलाई सर्वोपरि ठानेकै कारण आज पश्चिमी समाज विकासको चुलीमा पुगेको छ । अब हामीले पनि शिक्षालाई प्राथमिकतामा राख्नु आवश्यक छ । विद्याका केन्द्र शिक्षालयहरूलाई संरक्षण गर्न समाज नै अग्रसर हुनुपर्छ ।

सरकारले पनि सार्वजनिक सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ । सम्पत्तिको संरक्षण हुन सकेमा त्यसैलाई प्रयोग गरेर पनि सामुदायिक विद्यालयहरूले आप्mनो शैक्षिक स्तरमा सुधार ल्याउन सक्छन् । त्यसासे त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले पनि विभिन्न योजनाहरू ल्याएको छ तर योजनाहरूको प्रभावकारी कार्यान्वयन नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन । अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन नसक्दा अभिभावकहरू महङ्ंगो शुल्क तिरेर आफ्ना नानीलाई निजी विद्यालयमा पढाउन बाध्य छन् । यस्तो अवस्थाको अन्त्य हुनु आवश्यक छ । यसका लागि सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । सामुदायिक विद्यालयको जग्गा संरक्षण गरेर भौतिक पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले सहयोग गर्ने हो भने अरूको सहयोग आवश्यक पर्दैन तर यसतर्पm कसैले चासो दिन नसक्दा विद्यालयको अवस्थामा सुधार हुन सकेको छैन । स्थानीय सरकारले पनि सम्पत्ति संरक्षणमा खासै ध्यान दिएको छैन । सामुदायिक विद्यालयहरूको सम्पत्ति संरक्षणमा स्थानीय सरकारले नै विशेष चासो दिँदै पहल गर्नुपर्छ । अन्यथा सामुदायिक विद्यालयको जग्गा व्यक्तिको नियन्त्रणमा पुग्ने निश्चित छ । अनि विद्यालयको शैक्षिक अवस्था सुधारको विषय पनि कुरामै सीमित हुनेछ । यसतर्पm सबैको ध्यान जानुपर्छ ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved