पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र सक्रिय सेछले फेस्टिबलको आयोजना गर्ने

  • माघ २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान \ सरकारी स्तरबाट निजीक्षेत्रको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा निजी क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।
विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ–आफ्नै ढङ्गले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् ।

लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नयाँ नयाँ कार्यक्रम अगाडि सार्ने गरेका छन् ।
यसै क्रममा धरान २० मा सञ्चालित सेछ एडभेन्चरले ‘सेछ एडभेन्चर फेस्टिबल’को आयोजना गर्ने भएको छ ।

कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी माघ २४ देखि फागुन ९ गतेसम्म फेस्टिबलको आयोजना गर्ने भएको हो ।
सेछ एडभेन्चरकी सञ्चालिका एलिना मागरले पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य लिएर फेस्टिबलको आयोजना गर्न लागेको बताएकी छन् ।

उनका अनुसार फेस्टिबलमा आउने र मनोरञ्जन लिनेहरुलाई विशेष छुटको व्यवस्था गरिएको बताइन् । उनले भनिन्–‘फेस्टिबल आयोजनाको मुख्य उद्देश्य पूर्वको पर्यटक प्रवद्र्धन नै हो, हामीले विभिन्न प्रकारका खेलहरु धरान २० मा समावेश गरेका छौं, फेस्टिबलको समयमा हामीले लक्की ड्रको व्यवस्था गरेका छौं, लक्की ड्र कुपनबाट छनौटमा परेकाहरुलाई हामीले १० देखि शतप्रतिशत छुट दिने व्यवस्था मिलाएका छौं ।’

सेछ एडभेन्चर पार्क २०७८ साल देखि सञ्चालनमा आएपनि कोरोना संक्रमणका कारण धरासायी बनेको सञ्चालक बासुदेब बरालले बताए । उनले कोरोना संक्रमणका समयमा टिकाउन धेरै गाह«ो भएको बताए । उनले यस्तो अवस्थामा पनि आफूहरुले निरन्तर सञ्चालन गर्न सफल भएको बताए ।

उनले भने–‘हामीले पर्यटन प्रवद्र्धन गर्नकै लागि सेछको सञ्चालन गरेका हाँै, यस बर्ष हामीले दुई तीन कुरा थप गरेका छौं, हामीले २४ गतेदेखि फेस्टिबल लगाउने तयारी गर्दैछौैैं, यो १५ दिनसम्म सञ्चालन हुन्छ, हामीले सेछ एड्भेन्चर फेस्टिबल भनेर नामकरण गरेका छौं, फेस्टिबल सञ्चालन भरि छुटको व्यवस्था गर्दै यहाँ भएका आइटमलाई थप गर्दै रेष्टुरेन्टलाई फूल फेजमा सञ्चालन गर्ने तयारीमा छौं ।’
समय अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम राख्ने योजना सेछको योजना रहेको बरालको भनाई छ । उनले नेपालमै नौलो किसिमको खेलहरु समावेश गरेको दाबी गरे । उनले भने–थ्रि सिक्स डी साइकल, रसियन सर्कल, बच्चाहरुले खेल्ने लुँडो लगायत हामीले नेपालमा पहिलो पटक राखेका छौैं, हामीले यो कही देखेका छैनौं, यो सुविधाबाट आन्तरिक तथा बाहय पर्यटक आकर्षित हुने हामीले अपेक्षा गरेका छौं ।’
फेस्टिबलमा ५० रुपैयाँ शुल्क लाग्ने सञ्चालक बरालले बताए । ४ विगाहा क्षेत्रफलममा फैलिएको सो सेछ एडभेन्चरमा अहिलेसम्म ६ करोड लगानी भएको सञ्चालकले जानकारी दिएको छ । यसमा अझै ४ करोड थप गर्ने योजना रहेको सञ्चालिका मगर बताउँछिन् ।

४ बिघा क्षेत्रफमा अवस्थित रहेको साढे ६ करोड लगानी भैसकेको अझ ४ करोड बजेट थप गरिने भएको छ । सेद्धमा रिसोर्टसँगै आर्चरी र गेमीङ जोन, २ सय मिटर लामो जिप फ्लाएयर ,१ सय ५० मिटर स्काई साईकिलङ, केटाकेटीका लागि पिङ, माउटेन मङकी जपिङ ,ह्याङग« बृज लगायत रहेका छन् ।

सेछले विहीबारबाट नै रेष्टुरेन्टको सुविधा दिएको बताएको छ । रेष्टुरेन्टमा कफिका परिकार, खाजासेट, सेकुवाका परिकार केजी सिस्टममा, चटपटे र स्थानिय स्तरमा उत्पादन गरिने तरल पदार्थहरु सिस्ने, स्याल, कोदोको तीनपने उपलब्ध गराइने बताइएको छ । रेष्टुरे्न्ट सय जनासम्म अटाउन सकिने क्षमता भएको सञ्चालिका मगरले बताइन् । यसैगरी यहाँ आउनेहरुलाई थारु कल्चर ड्रेस, पुराना राजा रानी ड्रेस लगाएर फाटो खिच्न सकिने सुविधाको समेत व्यवस्था गरिएको सञ्चालक बराल बताउँछन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved