हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की

  • माघ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रदेश र सङ्घीय सरकारले आफ्नो निर्देशनबिना धरान उपमहानगरपालिकामा काम गर्न नसक्ने बताएपछि धरानका मेयर हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की परेको छ।

एउटा निजी टेलिभिजनले स्थानीय सरकारका गतिविधि छायांकन गर्न उपमहानगर परिसरमा आयोजना गरेको सवाल जवाफ कार्यक्रममा प्रदेश १ का खानेपानी सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले मेयर साम्पाङलाई आफ्नो हैसियतमा बस्न आग्रह गरे ।

सहभागीले मन्त्री र नगर प्रमुखलाई तीन दिनमा एक दिन पानी आउने धरानको समस्या कसरी समाधन हुन्छ, स्थानीय सरकारले मात्रै काम गर्न नसकेको हो भने प्रदेश सरकारले कसरी सहयोग गर्न सक्छ, धरानको खानेपानीको विषयमा प्रदेशको धारणा माग गरेका थिए ।

प्रश्नको उत्तर दिने क्रममा मेयर साम्पाङले प्रदेश र सङ्घीय सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका थिए । मेयर साम्पाङलाई सुझाव दिदै मन्त्री मेन्याङ्बोले स्थानीय सरकारको आफ्नै क्षेत्राधिकार हुने बताएका थिए । तर साम्पाङले जनतालाई नै प्रश्न गर्दै सङ्घ र प्रदेशले स्थानीय सरकारको अनुमतिमा काम गर्नु पर्छ कि पर्दैन भनी सोधेका थिए । उपस्थित सहभागीले मेयर साम्पाङलाई समर्थन गरेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved