मालपोत कार्यालय धरानमा लिम्बुवानको कालोझण्डा भू माफियाको षड्यन्त्रले मालपोत र नापी सार्न लागिएको आरोप

  • माघ १९, २०७९
  • स्नेहा श्रेष्ठ
alt तस्विर : फोटो फाइल

विजयपुर / भूमाफियाको षड्यन्त्रका कारण मालपोत र नापी सार्न लागिएको भन्दै संघीय लोकतिान्त्रिक राष्ट्रय मञ्च, सघीय लिम्बुवान मञ्च नेपाल, सुनसरीले विरोध जनाएको छ । धरान ६ पानबारीमा स्थानान्तरण गर्न लागेको विरोधमा लिम्बुवानले धरानस्थित मालपोत तथा नापी कार्यालयमा कालो झण्डा राखेरै विरोध जनाएकोे हो ।

received_732538551569744

मालपोत र नापी कार्यालयका हाकिमहरुलाई जनही एक एक कठ्ठा जग्गा दिएर धरान ६ पानवारीमा मालपोत कार्यालय सार्ने भूमाफियाको षडयन्त्र भएको लिम्बुवानको आरोप छ ।

‘जग्गादाता र भूमाफियाको मिलेमतोमा प्रमुखहरुलाई लाभ दिएर मालपोत कार्यालय सार्ने षड्यन्त्र गरिएको छ,’ मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भने,’जनप्रतिनिधि नभएका बेला कर्मचारीले मिलेमतोमा लाभ लिंदै पानवारी सार्न लागिएको छ, यो आधिकारिकता छैन, स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्छ ।’

मञ्चले बुधबार धरान १६ मा रहेको मालपोत र नापी कार्यालय अगाडि कालोझण्डा राखेर कोणसभा आयोजना गर्दै विरोध जनाएको थियो । भूमाफियाको चलखेलका विरुद्ध खबरदारी गरेको जिल्ला अध्यक्ष इजमले बताए ।

जग्गाको अप्राकृतिक मूल्य वृद्धिका लागि नीतिगत भ्रष्टाचार गरिएको लिम्बुवानको आरोप छ । हाल धरान ६ स्थित मालपोत कार्यालयका लागि प्रस्तावित क्षेत्र वरपर १५ लाख रुपैयाँ प्रति धुरमा किनबेच भइरहेको छ । प्रतिकट्ठा १ लाख रुपैयाँ पनि नपर्ने क्षेत्रमा मालपोत कार्यालयलाई देखाउदै भूमाफियाले खेलो फड्को गरेको मञ्चका सचिव निर्मल राईले बताए ।

गत २०७३ सालमा मालपोत र नापी कार्यालय धरान ६ पानवारीमा सार्ने निर्णय भएको थियो । २०७४ सालमा स्थानीय सरकार आए पनि कर्मचारीले छलफल नगरेको प्रति लिम्बुवान र सम्बद्ध दलले आपत्ति जनाएका हुन् ।

धरान उपमहानगरपालिका र मालपोत तथा नापी कार्यालयमा आयोजित कोण सभामा नागरिक समाज धरानका प्रतिनिधि खड्गबहादुर राई, दलित अभियानता रमेश गजमेर, मञ्चका जिल्ला उपाध्यक्ष तीर्थराज मादेम्वा, महिला नेतृ सरस्वती सुब्बालगायतले कोण सभालाई सम्बोधन गरेका थिए ।

कोण सभामा वक्ताहरुले आन्दोलनलाई चरणबद्ध रुपमा लाने प्रतिबद्धता जनाएका छन् । वक्ताहरुले वडा न ६ लाई उपेक्षा गरिएको नभएर नीतिगत भ्रष्टाचारका विरुद्धमा आवाज उठाएको बताए ।

धरान १३ का अम्विका श्रेष्ठले ३ कट्ठा जग्गा दिने प्रतिबद्धता गरे पनि त्यसतर्फ मालपोत र नापीले सम्वाद नगर्नुको कारण जग्गाको चलखेल रहेको मञ्चको आरोप छ । तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कट्ठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको मञ्चको आरोप छ ।

’गौतम र न्यौपानेले आफ्नो नाममा जग्गा नराखे पनि ककस्को नाममा लिएका थिए भन्ने प्रमाण हामीसँग सुरक्षित छ, त्यसकै आधारमा अख्तियार जादैछौ, मञ्चका जिल्ला अध्यक्ष अमर इजमले भने, ’संचारकर्मीलाई पनि उक्त प्रमाण दिनेछौ ।’

बराहक्षेत्रका सेवाग्राहीसमेत आउनु पर्ने भएकाले पायक नपर्ने र दैनिक करोडौं रुपैया लेनदेन हुने भएकाले पानवारी असुरक्षित हुने मञ्चको भनाइ छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायी रुपमा राख्न सकिने विकल्प खुला रहेकाले पानवारीमा १ सय बेडको आइसियुसहितको अस्पताल र अन्य कार्यालय राख्न सकिने मञ्चको भनाइ छ ।

इनरुवास्थित मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णयअनुसार २०७२ मा धरानमा कार्यालय स्थापना गरिएको थियो । निर्णयपश्चात हाल धरान १६ लेखनाथ चोकस्थित कृषि विकास बैंकको भवनमा भाडा रहँदै आएको छ ।

०७३ मा मालपोत र नापी कार्यालयको लागि धरान ६ पानवारीमा स्थानीयले जग्गा उपलब्ध गराएपछि स्थानान्तरणको प्रक्रिया अघि बढेको थियो । अहिले उक्त स्थानमा मालपोत र नापी कार्यालयको भवन निर्माण भइसकेको छ ।

यता धरान ६ पानबारीबासले भने स्थानीयहरुले एक बर्ष अगाडि भवन निर्माण सम्पन्न हँदा पनि कार्यालय सर्न नसकेको बताएका छन् । मालपोत र नापी कार्यालयकै कारण व्यापारिक चहलपहल बढेकोले धरान १६ मा त्यहाँका स्थानीयमात्र हैन केही राजनीतिक दलहरुले समेत सार्न नदिन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

मालपोत कार्यालयका कार्यालय प्रमुख चन्द्रप्रसाद मिश्रले आफू यस कार्यालयमा आएर कार्यभार सम्हालेको धेरै समय नभएकोले यस विषयमा बुझ्ने काम भएको बताएका छन् । नापी र मालपोतको कार्यालय निर्माणमा १० करोड खर्च भइसकेको जनाइएको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved