बुढासुब्बा गोल्डकप: जनप्रतिनिधिलाई सम्मान

  • माघ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / निरन्तर दुई वर्ष स्थगित पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको प्रवर्द्धन सुरु भएको छ । कोरोना महामारी र आर्थिक कारणले स्थगित प्रतियोगिता आगामी फागुन १३ देखि सुरु हुँदैछ ।

बुढासुब्बा गोल्डकपले प्रतियोगिता सुरु गर्ने घोषणा गरेपछि प्रवर्धनात्मक कार्यक्रम गर्दै आएको छ । सोमबार धरान उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आयोजक धरान फुटबल क्लबले बधाई तथा शुभकामना कार्यक्रम राखेको छ ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुखसँगै बीसै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान गरेको छ । फागुन १३ देखि २० गतेसम्म आयोजना हुने २३ औ टुबोर्ग गोल्डकप धरानवासीको हुने र समग्र देशले अपनत्व लिने खाल्को आयोजना हुने फुटबल क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले बताए । धरान उपमहानगरले बुढासुब्बा गोल्डकपका लागि १२ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।

धरान फुटबल क्लब र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल

गोल्ड कप प्रवर्धनकै क्रममा सोमबार धरान फुटबल क्लबका भेट्रान खेलाडी र धरान उपमहानगरपालिकाका जनप्रतिनिधि बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा जनप्रतिनिधिको टोली विजयी भएको छ ।२–० गोलको जित हात पारेको उपमहानगरको टिमले थप गोल गर्ने अवसर सदुपयोग गर्न नसकेको टिम कप्तान मेयर हर्क साम्पाङले बताए ।

जितका लागि धरान १० का वडाध्यक्ष विवेक राईले पहिलो हाफमा पहिलो गोल गरे । दोस्रो हाफको अन्तिम समयम थप एक गोल गर्दै नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले उपमहानगरको टिमलाई २ गोलको अग्रता दिलाए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved