वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

  • माघ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ ।

कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो ।

तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई बैठक सञ्चालन, रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो।

त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने विभिन्न प्रकारका खाता,योजना तर्जूमा,बजेट विनियोजन,कार्यसञ्चालन, विकास कामको रेखदेख, जाँचपास लगायतका विषयमा अनुशिक्षण गरिएको सब डिभिजन प्रमुख विक्रम अमात्यले जानकारी दिएका छन् ।

सहभागीहरुले तालिमले आगामी दिनमा उपभोक्ता समूहको रेकर्ड किपिङ, लेखा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने बताएका छन् । तालिम हरियाली सामुदायिक वन उपभोक्ता समूह, धरान १९ को सभाहलमा सम्पन्न भएको थियो ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved