शर्माद्वारा आचार्यको घरमै पुगेर सान्त्वना

  • माघ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।
सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’
झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘सरकारी प्रक्रियाको हैरानी निकै कहालीलाग्दो छ,’

उनले भने – ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ । प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं ।’
आचार्यको काजक्रियामा रहेकी पत्नी नानुका आचार्य, उनका दाजु, छोरी, आमा र हजुरबुबासहित परिवारसँग कांग्रेस महामन्त्री शर्मासहित कांग्रेस इलामका सभापति डम्बर खड्का, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, झापा क्षेत्र १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले भेट गरी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदना व्यक्त गरेका थिए ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved