‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

  • माघ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ  / विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा सफल उपचार भएको हो ।

मेनिन्जाइटिस भएर लोकेस कुमारको मस्तिष्कमा पानी जमेको कारणले फुलेको थियो । मस्तिष्कमा पानी जमेर फुलेको कारणले स्वासप्रश्वासमा पनि समस्या भएपछि जटिल अवस्थामा एक महिना अगाडी उनी आर्या न्यूरो हस्पिटलमा भर्ना भए ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पञ्कजराज नेपालसहित बालरोग विशेषज्ञ डा.सुमित घिमिरे, एनएसथेसिया डा. सुमल थापा सहितका चिकित्सकको टिमले लोकेस कुमारको मेनिन्जाइटिसको रोगको सफल उपचार गरेको हो ।

स्वासप्रश्वासमा समस्या भएपछि लोकेस कुमारलाई उनका अभिभावकले भारत बिहारको विभिन्न अस्पतालहरूमा उपचारको लागि पु¥याएका थिए । त्यहाँ उपचार नभएपछि उनका आफन्तले विराटनगरमा टाउँको राम्रो उपचार हुने सुनाएपछि आर्या न्यूरो हस्पिटल आएको लोकेसका बावु संजीवलाल कुमारले बताए ।

‘हस्पिटल ल्याउँदा छोराको अवस्था एकदमै नाजुक थियो। यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर महिनादिनसम्म उपचार गरेपछि छोरा ठिक भएको छ,’ मंगलबार फलोअपमा आएमा संजीवलालले भने, ‘अहिले छोरा राम्रोसँग हिडडुल गर्न सक्ने भएको छ । आर्या न्यूरो हस्पिटलमा छोराले नयाँ जीवन पाएको उनले सुनाए ।

‘मेनिन्जाइटिस रोग एक प्रकारको संक्रमणबाट लाग्छ। मानिसको टाउको भित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ,’ आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पञ्कजराज डा.नेपालले भने ‘यो मस्तिष्कको टिभी पनि हो । यो हाम्रो देशहरुaमा कमन छ। कुनै सोर्सबाट टिभी सरेको हो ।

यसलाई ब्रेन टिभी पनि भनिन्छ । टिभी मात्र हुँदा समस्या हुदैन थियो। उपचारको लागि आएको बालकको मस्तिष्कमा पानी जमेको थियो। पानी जमेको विरामीको समयमै उपचार गरेर भने ज्यान जानसक्छ। त्यसैले यस्ता विरामीको चाँडै उपचार गरिनुपर्दछ ।’

मेनिन्जाइटिस रोगको लक्ष्मणहरु ज्वारो आउने, होस कम हुने, उल्टी हुने रहेको उनले बताए । संक्रमणले गर्दा यस्तो रोग लाग्ने गरेको उनले बताए । यस्तो रोग बालवालिकाहरुमा भन्दा पनि ज्येष्ठ नागरिकहरुमा बढी हुने गरेको उनले सुनाए । यस्ता विरामीको लामोसमयसम्म उपचार हुने गरेको डा. नेपालले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved