धरान / धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको हो ।
आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा बिजेत हुने पुरुषतर्फको टिमले ३० हजार नगद, उपविजताले १५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा थ्री पोइन्ट कम्पिटिसन विजेता महिला पुरुष खेलाडीले जनही ३ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । बास्केटबल खेल र खेलाडीलाई व्यवसायिक वनाउनका लागि यस प्रतियोगितालाई सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले वताए ।
प्रतियोगिताले धरानसँगै सिंगो प्रदेश १ खेलकुदको शहरको रुपमा परिचय गराउन थप मद्धत पुग्नुका साथै युवा पुस्तामा खेलकुदप्रति सकारात्मक सोच अभिवृद्धि गराउन मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ ।