झापाको बिर्तामोडमा औद्योगिक व्यापार मेला

  • माघ २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

झापा / फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ ।
बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ ।

छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् ।

त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरुको मात्रै दायित्व नभई बिर्तामोडबासीकै दायित्व रहेकाले सबै एकजुट हुनु पर्ने बताइन् ।
बिर्तामोड औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले मेला आयोजनाको उद्देश्य बारे जानकारी गराएका थिए ।

कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई, नेपाल उद्यमशील महिला सघकी सहसचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता जनाएका थिए ।

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

धरान १४मा रहेको पिण् ...

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अग ...

महाकुम्भको राजधानी च ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

धरानको बरगाछीमा खुल् ...

धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved