भानु विद्यालयको खेल सप्ताह सम्पन्न

  • माघ २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर – ०९ स्थित भानु मेमोरियल अंग्रेजी विद्यालयले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि जोड दिने उद्देश्यले बुधबारबाट सुरु खेलकुद सप्ताह शुक्रबार समपन्न भएको छ ।
खेलकुद प्रतियोगीतामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शारीरिक तन्दुरुस्ती दिलाई खेल प्रति रुचि जगाउन खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका संयोजक सुनिल शाहीले जानकारी गराए ।

खेल सप्ताहमा लामो छोटो दौड, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयर, स्लो साइकल रेस, गणित दौड, चम्चा दौड, बोरा दौड, भलिबल लगायतका खेलहरुमा विद्यार्थीहरुले उत्साह जनक रुपमा सहभागिता जनाएका थिए ।

यसरी खेलाएको गणित दौडमा कक्षा १ का छात्रा अस्लेसा भट्टराई प्रथम, सृष्टि यादव दोस्रो, दोस्तीका धमला तेसे यसैगरी छात्रतर्पm बबलु कुमार मेहता प्रथम, संक्षम चौधरी दोस्रो, अभिनव झा तेसो भएका थिए । त्यस्तै गरी बुद्धिचालमा काक्षा ७ का विक्की मेहता प्रथम भए भने टेवल टेनिसमा कक्षा ९ का सुजित कुमार महतो प्रथम भएका थिए ।

यसैगरी ब्याडमिन्टनतर्पm कक्षा ९ कि छात्रा कृति चौधरी प्रथम भइन् भने चम्चा दौडमा कक्षा ९ बाट कल्पना यादव, अनु कामत र तेजस्वी दाहाल क्रमशः प्रथम, दोस्रो, तेस्रो भएको कुरा खेलकुद प्रशिक्षक रकि राजवंशीले बताए । विजय विद्याथीहरुलाई विद्यालयका प्रिन्सिपल राजेश कुमार झा, प्रा.डा. राजु राम थापा, मोहन कुमार श्रेष्ठ लगायतले मेडल, शिल्ड र प्रमाण–पत्र वितरण गरेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved