प्लस टु व्यवस्थापन र विविएलाई उपाधि

  • माघ २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् ।

छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् ।

उनको गोल नै खेलका लागि निर्णायक बनेको थियो । प्रतियोगितामा १२ टिमले सहभागीता जनाएका थिए । खेलमा उत्कृष्ट गोलकर्ता डिसिएम सोसाइटीका प्रनिश राई घोषित भएका थिए भने वेष्ट गोलकिपर विवस श्रेष्ठ घोषित भएका भए ।

पुरुष तर्फको विजेता टिमले नगद ८ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए उपविजेता टिमले नगद ५ हजार र मेडल प्रमाण पत्र प्राप्त गरेका थिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर खेलकुदको माध्यमबाट पनि अघि बढ्नुपर्छ र शरीरलाई पनि व्यायाम गर्नुपर्छ भन्ने उदेश्यले खेलको आयोजना गरिएको डिसिएम सोसाइटीका सदस्य प्रमुख प्रथम अग्रवालले जानकारी दिए ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved