घरमै सामाजिक सुरक्षा भत्ता

  • माघ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् ।

धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो कार्यलाई पछ्याएको छ । वडाले ज्येष्ठ नागरिकको घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

वडामा रहेका तर हिड्डुल गर्न नसक्ने, अशक्तहरुको सहजतालाई ध्यानमा राखेर घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको ८ नं. वडा कार्यालयका वडाध्यक्ष धनप्रसाद राई बताउँछन् । ज्येष्ठ नागरिकको सहजताका लागि आफूहरुले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको उनको भनाई छ ।

उनले भने–‘पहिला बैंकमै पुगेर सामाजिक सुरक्षा भत्ता ल्याउनुपर्ने बाध्यता ज्येष्ठ नागरिकलाई थियो, हामीले त्यसमा धेरै अप्ठेरो भएको महसुस गर्‍यौँ, ज्येष्ठ नागरिक वडाको गहना हो, उहाँहरुलाई दुःख दिनुहुँदैन भन्ने मनसायले हामीले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हौं ।’

बैंकमा गएर लाइन लाग्नुपर्ने, घण्टौँ उभिनुपर्दा ज्येष्ठ नागरिकलाई समस्या हुने, बैंकसम्म पुग्न समस्या हुने, बैकमा लाइन बस्दा  समस्या हुने लगायतका समस्या जेष्ठ नागरिकलाई हुने महसुस गरी वडाले बैठकमा निर्णय नै गरेर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडासदस्य देवी पोख्रेलले बताए । उनले भने–‘हामीले धेरैलाई यो सुविधा प्रदान गरेका छौैं, यसबाट ज्येष्ठ नागरिकहरु धेरै खुशी भएका छन् ।’
वडाले गरेको कामप्रति ज्येष्ठ नागरिकहरुले समेत खुशी व्यक्त गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुलाई धन्यवादसँगै आशिर्वाद दिएका थिए । बैंकमा पुगेर भत्ता ल्याउन असहज भएको अवस्थामा घरमै पुगेर वितरण गर्दा धेरै सहज भएको उनीहरुले बताएका थिए । उनीहरुले बृद्धबृद्धाहरुको सेवामा सदैव लाग्न सुझाव समेत दिएका थिए ।

स्थानीय जेष्ठ नागरिक कृष्णबहादुर भुजेलले वडाले पहिलो पटक घरमै ल्याएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेकोमा खुशी व्यक्त गरे । उनले भने–‘विगतमा सामाजिक सुरक्षा भत्ता लिन जाँदासाह्रै समस्या हुन्थ्यो, लाइनमा लाग्नुपथ्र्यो, बृद्ध शरीर घण्टौँ लाइनमा बस्दा थकित भइन्थ्यो, हामीलाई भत्ता होइन सजाय दिए जस्तो लाग्थ्यो, वडाले अहिले जुन काम गरेको त्यो साह्रै राम्रो काम गरेको छ, यसलाई वडाले निरन्तरता दिनुपर्छ ।’

उनीमात्र हैन घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकहरुले जनप्रतिनिधिीहरुलाई धन्यवादसँगै आशिर्वाद दिएका थिए ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved