सवारी व्यवस्थापनमा सचेत बनौँ

  • माघ २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो ।

ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएका छन् । यस कारण टेम्पो, सफारी, भ्यान र अन्य सवारी साधनहरूको पार्किङ पनि निश्चित स्थानमा तोकिनुपर्छ । सवारी साधनहरूले पनि निर्धारित स्थानमा मात्र पार्किङ गर्ने गरेमा दुर्घटनाको जोखिम धेरै मात्रामा नियन्त्रण हुने विश्वास गर्न सकिन्छ ।

धरानमा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै प्रकारका सवारी चालकहरूलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिने गरी अभियान नै सञ्चालन गर्नु आवश्यक देखिन्छ । अगाडि–पछाडि वास्ता नगरी जहाँसुकै जुनसुकै बेला पनि सवारी साधन फनक्क घुमाउँदा दुर्घटनाको जोखिम बढ्ने निश्चित देखिन्छ । कतिपय दुर्घटनाहरू यस्तै कारणले पनि भएका छन् । हरेक सवारी चालक ट्राफिक नियमको पालनामा सचेत र जिम्मेवार हुनुपर्छ । हरेक नागरिक र सवारी चालक सचेत नहुने हो भने सवारी व्यवस्थापन झन् अव्यवस्थित हुने निश्चित छ ।

यसका लागि ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त हुने छैन । समाजका सबै पक्ष सक्रिय भए मात्र यो अभियान सफल हुनसक्छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, व्यापारीजस्ता सबै पक्षको सक्रियताबाट मात्र ट्राफिक व्यवस्थापनले अपेक्षित रूप लिन सक्ने भएको कारण यस कार्यमा सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान दिनुपर्छ । ट्राफिक व्यवस्थापन कुनै एउटा समूह, वर्ग वा व्यक्तिका लागि मात्र होइन । सबैको सुरक्षित यात्राका लागि ट्राफिक व्यवस्थापन आवश्यक छ ।

टेम्पो, सफारी वा अन्य सार्वजनिक सवारी साधनले जथाभावी यात्रु चढाउने, ट्राफिक नियम उल्लङ्घन गरी सडकको जथाभावी रोक्ने, जथाभावी यात्रु ओराल्ने, निषेधित क्षेत्रमा रोक्ने जस्ता कार्य रोकिनुपर्छ । यसका लागि सवारी चालक आफैँ पनि सचेत र संवेदनशील हुनुपर्छ भने समाजका अन्य पक्षले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । अटेर गर्नेलाई आवश्यक कारवाही गर्न पनि पछि हट्नु हुँदैन । दण्डहीनताकै कारण हरेक क्षेत्रमा अराजकता देखिने गरेको छ । अराजकता अन्त्यका लागि ट्राफिक नियमको पालनामा कडाइ गरिनुपर्छ । यसतर्फ सबैको ध्यान जानुपर्छ । ट्राफिक र समाजका अन्य पक्षहरूको सहकार्यबाट मात्र यो समस्या समाधान हुने सबैले बुझ्नुपर्छ ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved