‘अलैची निर्यातमा सरकारको सहयोग आवश्यक’

  • माघ २४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

संखुवासभा / अलैची निर्यातमा तीनै सकारको सहयोग रहनु पर्ने अलैची व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायीहरुको छाता संगठन अलैची व्यवसायी महासंघले सरकारसँग यस्तो माग गरेको हो ।

म्हासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची निर्यातमा तीनै सरकारको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले भने–‘अलैची निर्यातमा सरकारको आवश्यकताको खाँचो छ, अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजान तीनै तहका सरकारको सहयोग आवश्यक छ ।’

प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र सरोकारवालाबीच छलफलका क्रममा अध्यक्ष भट्टराईले नेपालमा उत्पादन भएको अलैची गुणस्तरीय भएपनि निर्यातमा भने समस्या भएको बताएका थिए । उनले अलैची कृषक र व्यवसायी अलैचीको मूल्यम ागिरावट आउँदा समस्या हुने र बजारीकरणको समस्या हुँदा झनै मार्कामा पर्ने भएकोले सरकारले निर्यात र बजारीकरणमा सहयोग गर्नु आवश्यकता रहेको प्रष्ट्याए ।

उनले भने ‘अलैँचीलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन गुणस्तरीय अलैँची आवश्यक छ, प्याकेजिङसँगै अन्तर्राष्ट्रिय स्तरमा स्थानीयस्तरका अलैचीको प्रवद्र्धनमा तीनै सरकारले जोड दिन आवश्यक रहेको छ ।’उनले यो छलफललले सार्तकता पाउनुपर्नेमा जोड दिए । उनले भने सरकारले अलैची उत्पादक कृषक र व्यवसायीहरुको हितमा काम नगर्दा बर्षेनी अलैचीको मूल्यमा गिरावट आएको छ, कुनै समय १ लाख २० हजार रुपया प्रतिमन पर्ने अलैची अहिले २९ हजारमा विक्री गर्न बाध्य छौं, यसतर्फ सरकारको ध्यानकर्षण होस् ।’

संखुवासभाको धर्मदेवी नगरपालिका मुढेमा अलैँचीको उत्पादन, गुणस्तर सुधार र बजारीकरणसम्बन्धी अन्तरक्रियामा बोल्दै अध्ध्ष्क्ष भट्टराईले अलैँचीको बजार र गुणस्तर सुधार गर्न नीति निर्माणदेखि कृषकको उत्पादनको तहसम्म गर्नुपर्ने कामहरूको बारेमा छलफल भएको बताउदै यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

कुनै समय नेपालको अलैचीले अन्तर्राष्ट्रिय बजार पिटेको त्यसमा पनि नेपालको अलैची विशेष गरी भारत निर्यात हुने गरेको भएपनि अहिले भारतमा समेत अलैची उत्पादन गर्ने कृषक बढेकाले नेपाली अलैची निर्यातमा समस्या आएको अध्यक्ष भट्टराईले बताएका छन् । उनले भने निर्यात हुने देशमै अलैची उत्पादन भएको छ, जसले गर्दा नेपाली अलैचीको माग घटेको छ, यसैका कारण नेपाली अलैचीको मूल्य ह्वात्तै घटेको हो ।’ अन्तरक्रियामा संखुवासभा, धनकुटा र तेह्रथुमका अलैँची कृषक र अलैँची व्यवसायीको सहभागिता रहेको थियो ।

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

अब कोशीमा के हुन्छ ? ...

मोरंग/ कोशी प्रदेश सरकारमा अब के होला ? भनेर सवैमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved