कृषि उत्पादकत्व बढाउनु आवश्यक

  • माघ २४, २०७९
  • काेशीपत्र सम्पादक
alt

रुस–युक्रेन युद्धका कारण सुरु भएको महङ्गी चालू आर्थिक वर्ष २०७९÷८० को छैटौँ महिनामा पनि घटेको छैन । महङ्गीका कारण सर्वसाधारणको ढाड सेकिएको छ । खास गरी पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने खानेतेलमा मूल्यवृद्धि आकाशिँदो छ । इन्धनमा भएको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार गत पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो ।

हामी सङ्कटोन्मुख दिशामा छौँ भन्ने यसबाट पनि देखिन्छ । पुसमा काठमाडौँ उपत्यकामा मुद्रास्फीति ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत छ । पुस महिनामा तराईमा सबैभन्दा धेरै मुद्रास्फीति ७.४९ प्रतिशत रहेको छ । एकातर्पm देशमा महङ्गी बढिरहेको छ भने अर्कोतर्फ कृषि क्षेत्रमा उत्पादकत्व घटिरहेको छ । यस्तो अन्तर्विरोधी अवस्थाले सङ्कटलाई अझ गहिरो बनाउने अनुमान कठिन छैन । मागअनुसार उत्पादकत्व बढ्न नसक्दा आपूर्ति व्यवस्थामै समस्या देखिएको छ ।

सन् २०१९ मा १८ करोड रुपैयाँभन्दा बढीको कोदो मात्र आयात भएको देखिन्छ । बजारमा कोदोको परिकारप्रति सर्वसाधारणको आकर्षण बढे पनि कोदोको उत्पादन बढ्न सकेको छैन । बरु रैथाने कोदो लोप हुने चिन्ता गर्नुपर्ने अवस्था आएको छ । उत्पादकत्व कम र उत्पादन लागत बढी हुँदा कतिपय किसानहरू पनि गैरकृषि क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् । पहिले खेती भइरहेको ३० देखि ३५ प्रतिशत जमिन अहिले बाँझो अनुमान गरिएको छ । यो चिन्ताको विषय हो । संसारभरि नै खाद्य सङ्कट देखिन थालेको बेला यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ । यस्तो बेलामा उत्पादकत्व बढाउने र उत्पादनको लागत घटाउने गरी नीति निर्माण गर्नु आवश्यक छ । किसानहरूलाई कृषितर्फ आकर्षित गर्नुपर्छ । कृषि क्षेत्रको उत्पादकत्व बढाउनतर्फ ध्यान नदिने हो भने आगामी दिनमा भयावह सङ्कटको सिर्जना हुने निश्चित छ ।

हाम्रो देशमा वितरण प्रणालीमा पनि समस्या छ । किसानहरू लागत मूल्य पनि नपाएर आप्mना कृषि उत्पादन सडकमा फाल्न बाध्य भएका छन् तर उपभोक्ताहरू भने महङ्गीको मारमा पिल्सिएका छन् । कसरी यस्तो अवस्था सिर्जना भएको हो ? कारण प्रस्ट छ – बिचौलिया । बिचौलियाहरूको चलखेलका कारण वितरण प्रणालीमा समस्या देखिएको हो । पछिल्लो ६ महिनामा औपचारिक माध्यमबाट देशमा तरकारी मात्र सवा १० अर्ब रुपैयाँको आयात भएको देखिन्छ । स्वदेशी किसानहरू भने तरकारी सडकमा फाल्न बाध्य छन् । यस्तो अवस्था सिर्जना हुनुको कारण खोजेर समाधानको प्रयास तत्काल गरिनुपर्छ । पछिल्ला दशकहरूमा नेपाली समाजको चरित्रमा पनि परिवर्तन आएको छ । उत्पादकहरू उपभोक्तामा परिणत हुन थालेका छन् । देशभित्रको उत्पादन निरन्तर ओरालो लाग्नु र उपभोक्ताहरूको सङ्ख्या बढ्दै जानुले समस्या थप जटिल बन्ने प्रस्ट छ । यसतर्फ सबैको ध्यान जानुपर्छ । नीति निर्माणको तहमा बस्नेहरू अझ बढी गम्भीर र संवेदनशील बन्नुपर्छ ।

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved