वितरण प्रणालीलाई ठीक बनाऊ

  • माघ २५, २०७९
  • "कोशीपत्र सम्पादक"
alt

आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो ।

किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु परेको छ । यसले नेपालको वितरण प्रणालीमा भएको खोटलाई उदाङ्गो बनाउँछ । उत्पादक किसानहरूले लागत मूल्य पनि नपाउने अवस्था छ भने कुनै मेहनत र लगानीविना नै बिचौलियाहरूले प्रशस्त नाफा कमाउने गरेका छन् । नेपालको बजार प्रणालीमा भएको यही कमजोरीका कारण किसानहरूको आर्थिक स्तरमा सुधार हुन सकेको छैन ।

यस्तो वितरण प्रणालीका कारण उपभोक्ताहरू महङ्गो मूल्य तिर्न बाध्य छन् तर किसानले मूल्य पाएका छैनन् । बिचौलियाहरू भने रातारात धनी भइरहेका छन् । देश विकासका लागि कृषिमा आत्मनिर्भर हुनु आवश्यक छ तर सरकारको नीति भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन रगत र पसिना बगाउने किसानहरूका हितमा नभएको देखिन्छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म किसानहरू उत्साहित नहुने निश्चित छ । उनीहरूलाई उत्साहित नबनाई देशको समृद्धि सम्भव छैन । यसका लागि कृषि उत्पादनको बजारीकरणमा सरकारको भूमिका हुनुपर्छ । सरकारी पहल नभई यस्तो अवस्थाको अन्त्य हुँदैन । सरकारले वितरण प्रणालीमा सुधार ल्याइदिने हो भने उपभोक्ताहरूले पवनि थोरै सहुलियत पाउने सम्भावना हुन्छ भने किसानहरूले पनि आफ्ना उत्पादनको उचित मूल्य पाउने थिए ।

किसानहरूले आफ्ना उत्पादनको सही मूल्य पाउने गरी सरकारले वैज्ञानिक प्रणाली बनाउनुपर्छ । कृषिको उत्पादकत्व बढाउँदै स्वदेशी उत्पादनमा जोड दिन पनि सरकारी सक्रियता आवश्यक छ । यसका लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउनुपर्छ । सुन्दर नीति मात्र बनाएर हुँदैन । नीतिको प्रभावकारी कार्यान्वयन पनि महत्वपूर्ण पक्ष हो । नीतिको प्रभावकारी कार्यान्वयनविना सकारात्मक परिणाम नआउने निश्चित भएकोले यसतर्पm सरकारको ध्यान जानु आवश्यक छ । आर्थिक लगानी र श्रमविना नै लाभ लिइरहेका बिचौलियाहरूले पनि अन्य उत्पादक क्षेत्रमा सक्रिय हुनुपर्ने अवस्था सिर्जना गर्नुपर्छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

लागुऔषध ब्राउन सुगरस ...

झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग ...

कोशी पर्यटन वर्ष २०८ ...

विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर ...

धरान पानबारीको जंगलम ...

धरान । धरान ६ पानवारीको जंगलमा एक महिलाको हत्या गरी शव ...

धरानमा विद्यार्थीले ...

धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

koshipatra2075@gmail.com
purbibureau@gmail.com
newspurbibureau@gmail.com

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved