दमक फुटबल एकेडेमी फाइनलमा प्रवेश

  • माघ २६, २०७९
  • चन्दन रौनियार
alt

दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले फाइनल यात्रा सुरक्षित गरेको छ ।
झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समयको पहिलो हाफसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेछ । दोस्रो हाफको १७ औँ मिनेटमा झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

धिमालले गोल गरेको चार मिनेटपछ अर्थात् २१ औँ मिनेटमा डाँगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले एक गोल फर्कार आफ्नो टिमलाई बराबरीमा पुर्‍याए ।

df

त्यसपछि कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा दमक फुटबल एकेडेमी झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ५–४ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

खेलको म्यान अफ द म्याच झापाका गोल रक्षक योगेश धिमाल घोषित भए । उनलाई दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष मेहदि हुसैन र हाजी लाल मोहमदले संयुक्तरूपमा नगद २ हजार ५ सय र मेडल प्रदान गरे । बिहीबारको दोस्रो सेमीफाइनल खेल आयोजक मेमोरी युवा क्लब सुनसरी र इटहरी फुटबल क्लब सुनसरीका बीच हुने आयोजकले जनाएको छ ।

शनिबार हुने फाइनल खेलबाट विजेता हुनेले उपाधी सहित २ लाख नगद तथा ट्रफी र उपविजेताले १ लाख नगद तथा ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष खड्गनारायण माझीले जनकारी दिए ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved