सीएनआई कोसी एक्स्पो ‘खाँडी र ढाका कपडाको विदेशसम्म ब्राण्डिङ’

  • माघ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।

धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् ।

111IMG-20230202-WA0025

उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट कपडाको व्यापार थालिन् । रेडिमेडको व्यापार राम्रै गरी चलेको पनि उनले सुनाइन् । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरुबीच एउटा पसलमा बिक्री हुने कुनैपनि सरसामान अर्को पसलमा राख्न नपाइने भन्ने नियमले उनी बाँधिन पुगिन् ।

त्यसपछि रेडिमेड पसलपछि छाडेर नयाँ खालको वस्तु सामग्री के बिक्री गर्न सकिन्छ भनेर श्रीमान्सँग पनि सल्लाह गरिन् । अनि उनीहरुबीच ढाका र अल्लोका कपडा र तयारी पोसाक बनाउने र बिक्री गर्ने सोच बनाएर त्यसको व्यापारमा लागिन् ।

‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यो चाहिँ गर्न सकिन्छ कि भनेर सुरुमा जिल्ला जिल्ला घुमें’ सीताले भनिन्, ‘घुम्दा नै मेरो झण्डै १२ लाख रुपैयाँ जति सकियो, तर बजारको हिसाबले राम्रो सम्भावना रहेको भन्ने कुरा चाहिँं थाहा पाएँ ।’

त्यसपछि अघि बढेकी सीताले पछाडि फर्किएर हेरिनन् । उनले आफ्नो उत्पादनलाई कोभिड १९ को महामारी सुरु हुनु अघिसम्म पनि अष्ट्रेलिया, अमेरिका लगायतका युरोपियन मुलुक र हङकङ, भारतको दार्जिलिङमा अर्डर अनुसार पठाइरहेको बताइन् ।

उनले सञ्चालन गरेको लुगा घरेलु अल्लो कपडा उद्योग एण्ड टे«निङ सेन्टरले अल्लो, खाँडी र ढाकाका कपडाहरु हातैले बुन्ने र त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता, लगायतका पोसाकहरु बनाउँदै आएको छ ।

‘थालेको कामलाई व्यावसायिक रुपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि झण्डै सात वर्षदेखि उद्योग नै खोलेर झण्डै ५० जनालाई रोजगारी दिँदै आएको थिएँ’ उनले सुनाइन्, ‘अहिले कोभिडले गर्दा उत्पादन र बिक्री पनि घटेको छ, २० जना जतिले मात्रै काम गरिरहेका छन् ।’

सीताले कपडाका लागि चाहिले अल्लोको कच्चा पदार्थ (बोक्रा) संखुवासभा र पाँचथर लगायतका पहाडी जिल्लाबाटै मगाउने गरेको बताइन् । सुरुमा उत्पादनको मार्केटिङ गर्न कठीन भएपनि अहिले सबै कुरा बुझिसकेको उनले बताइन् । उनले आफैँ मालिक बनेर उद्योग चलाउने आँटलाई कायम राखेको सुनाइन् ।

कोभिड १९ को महामारीकै कारण आफ्नो उत्पादनको बजारीकरण गर्न चीन जाने योजना स्थगित गर्नुपरेको बताइन् । अहिले उद्योगमा करिब डेढ करोडको लगानी गरिसकेको जानकारी दिइन् ।
‘अहिले अलिक क्राइसिस छ’ सीताले भनिन्, ‘आफुमात्रै उद्यमशील भएर हुँदैन भन्ने पनि मलाई लागेको छ, त्यही भएर १ सय २० जनालाई निःशुल्क रुपमा तालिम दिइसकेको छु ।’

सीताले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि प्रदेश १ मा लाग्दै आएका अघिकांश मेला, महोत्सव र एक्स्पोहरुमा सहभागीता जनाउँदै आएकी छन् । माघ १९ देखि सुरु भएको सीएनआई कोसी एक्स्पोमा पनि उनले स्टल राखेकी छन् ।

स्टलमा ९ हजार ५ सय रुपैयाँसम्म पर्ने अल्लोका कोट, तीन हजार रुपैयाँसम्मका जुत्ता (लेडिज/ जेन्स), एक हजार रुपैयाँसम्मका टोपीहरु बिक्रीका लागि राखेकी छिन् ।
मुलुकभरकै आर्थिक मन्दीको असर व्यापार व्यवसायमा प्रत्यक्ष रुपमा देखिएको भएपनि आफ्ना उत्पादनको अहिलेसम्म सन्तोषजनक रुपमा बिक्री वितरण भइरहेको सुनाइन् ।

आफ्नो उद्योगको उत्पादन भनेर बजारमा भारतबाट ल्याएको डुब्लिकेट कपडाहरु बिक्री भइरहेकोले सचेत हुन आग्रह समेत गरिन् ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved