राज्यको सहयोग न्यून धरानमा पुष्प प्रदर्शनी तथा व्यापार मेला

  • माघ २६, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / धरानमा पाँचौ पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु भएको छ । देशको आर्थिक अवस्था खस्किएको समयमा आयोजना गरिएको मेलामा व्यवसायीहरुले पुष्प व्यवसायीहरुले भोग्नुपरेको पीडाका विषयमा गुनासो पोखे । तीनै सरकारबाट सहयोग नभएको तर आफ्नै बलबुतोले पाँचौ संस्करणसम्म आइपुगेको उनीहरुले बताएका छन्

पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् । स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेको कारण मुलुकमै पर्याप्त स्वदेशी फूल उत्पादन गर्न नसकेको बताएका थिए । उनीहरुले स्वदेशी फूल प्रवद्र्धनका लागि मेलाको आयोजना गरिए पनि विदेशी फूलले बजार भित्रिन नरोकिएको गुनासो गरेका थिए ।

फ्लोरीकल्चर एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङले ४८ जिल्लामा १ सय ७८ हेक्टर क्षेत्रफल जग्गामा ७ सय ३२ भन्दा बढी व्यवसायीहरुले पुष्प व्यवसायी गरिरहेको जानकारी गराउँदै ४० हजारले रोजगारी पाएका बताए । उनले आयात र निर्यातलाई हेर्दा ठूलो खाडल भएको बताए । उनका अनुसार गत बर्ष ३६ करोडको फूल नेपाल भित्रिएको, केही समय अगाडि १९ करोडसम्म विदेशमा निर्यात गरेको व्यवसाय अहिले निर्यात घटेको तर आयात बढेको बताएका छन् ।

उनले गत बर्ष करिब १ करोडको हाराहारीमा नेपाली फूल विदेशमा निर्यात गरेको तथ्यांक रहेको प्रष्टयाएका थियो । आयात र निर्यातको ठूलो खाडल हुनुको दृष्टान्त सुनाउदै उनले भने व्यवसायीहरुले काठमाण्डौमा लिली फूलको व्यवसाय गरेर कतार पठाउने गरेको पनि नेपाली फूलले व्यवसायिक लाभ लिन सकेन, नेपालीे फूल भन्दा नेदरल्याण्डबाट निर्यात गरेको फूल सस्तो हुदा नेपाली फूलको माग नै हुन छाड्यो

उनले यो सबै राज्यले व्यवसायर्ला प्रवद्र्धन गर्न नसकेको परिणाम आरोप लगाए । आयोजनागर्ने आयोजको गुनासो पनि बेग्लै थियो, तीनै तहका सरकारले सहयाोग नगर्दा व्यवसाय विस्तार गर्न नसकेको स्पष्ट पारेका थिए । उनीहरुले व्यवसायिक एकता नहुदा सबैलाई समेट्न नसकिएको दृष्टान्त बताउदै तीनै तहको सरकारले जति सहयोग गर्नुपर्ने थियो त्यति गनृ नसकेको दुःखेसो पोखे ।उनले अहिले पनि भारतबाट फुल धमाधम भित्रिएको बताउदै भारतमा उत्पादन भएको फूलसँग नेपालको फूलले प्रतिष्पर्धा गर्न नसक्ने तीतो यथार्थ बताए ।

उनले भने प्रतिष्पर्धा गर्न नसक्नुको मुृख्य कारण राज्यले तयार पार्न नसकेको नीति र ऐन नै हो, १० प्रतिशत भन्सार शुल्कमा यहाँ निर्वाध रुपमा भारतीय फूलले नेपाल प्रवेश पाउँछ, हामीले पटक अर्थमन्त्रालय, भन्सार विभागसँग कमसेकम १० को सट्टा २० प्रतिशत पु¥याइदिन आग्रह ग¥यौ, तर राज्यले त्यसमा चासो नै दिएन ।’

उनले २०६९ सालमा पुष्प प्रवद्र्धन नीति स्वीकृत भए पछाडि ६० प्रतिशत आन्तरिक उत्पादन र ४० प्रतिशत आयातले धानेको भए बताए । उनले भने–‘२०७१ देखि ०७४ सम्म पुष्प नीतिलाई कार्यान्वयन गरिसकेपश्चात ९० प्रतिशत हाम्रो उत्पादन र १० प्रतिशत आयात गरेर त्यो आंकडालाई झारेका थियौं, देश संघीयतामा गएपश्चात ०७४ पछि पुष्प प्रवद्र्धन केन्द्र कार्यान्वयन भएन, पुष्प प्रवद्र्धन नीति कार्यान्वयन नहुँदा अहिले हामीले उत्पादन गरेको फूल भन्दा बाहिरको फूल नेपालमा भित्रिएको छ, पुष्प प्रवद्र्धन नीति कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

मेला आयोजक फ्लोरीकल्चर एसोसिएनले समेत प्रदेश सरकार र स्थानीय सरकारको न्यून सहयोगको बाबजुत पाँचौ पुष्प प्रदेशन तथा व्यापार मेलाको आयोजना गरिएको बताउदै सहयोग नै प्राप्त नभए पनि अपाmूहरुको बलबुतोमा भएपनि आयोजना गर्ने लक्ष्य लिएर अगाडि बढेको बताएका थिए ।

मेला आयोजकका संयोजक रामकुमार राईले भने–‘दुई बर्ष कोरोना कहरका कारण मेला आयोजना गर्न पाइएन, त्यस समय पुष्प व्यवसायको व्यवसायी धरासायी बन्यो, सरकारी सहयोग न्यून छ, व्यवसायीलाई सहयोग गर्ने नीति नै राज्यले ल्याएन, हामी व्यवसायी पनि एक छैनौै, प्रदेश स्तरीय मेलाको आयोजना गरियो, तर सबै आएनन्, हामीले ५० स्टलको आंकलन गरेका थियौ, तर २६ वटा स्टलमात्र रहयो । उनले न्यून सरकारी सहयोग, व्यवसायिक एकताको कमीले व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै गएको बताए ।

प्रदेश नं. १ का उद्यँोग, कृषि तथा सहकारी विकासमन्त्री भक्तिा प्रसाद सिटौलाले पुष्प व्यवसायमा धैर्यताको खाँचो भएको बताए । उनले चाँडै नै मन्त्रालय यस सम्बन्धमा ठोस योजना अगाडि ल्याउने व्यवसायीलाई आश्वासन दिँदै भौगोलिक रुपले पनि नेपालमा पुष्प व्यवसाय गर्न नेपालमा प्रचुर सम्भावना भएको बताउदैे प्रतिष्पर्धी बजारलाई नेपाल सरकारले स्वीकारिकेको अवस्थामा विदेशी फूललाई आयातमा रोक लगाउन नसक्ने तर स्वदेशी उत्पादनलाई बढाएर आयात कर्म गर्न सक्ने सम्भावना भने बढी भएको बताएका थिए ।

उनले भने व्यवसायिक रुपमा पुष्प खेति भर्खरै शुरु भएको हो, दुई चार दश बर्ष मेहनत गर्दा यसमा केही उपलब्धी हुँदैन, हाम्रो जस्तो देश जहाँ सबै खालको हावापानी छ, संसारमा हुने सबै खालका फूलहरु हाम्रामा हुन सक्छन्, हाम्रोजस्तो देशै कसैको छैन, यसमा तपाइहरु लाग्नुभयो भने संसारमा फूल निर्यात गर्ने देश नेपाल बन्न सक्छ ।’

उनले विदेशबाट आउने फूललाई आयात गर्न रोक्न नसकिने बताउदै प्रतिष्पर्धाी बजारलाई स्वीकार गरिसकेर डब्लुटिओको सदस्यता लिइसकेपछि अरु देशबाट फूल भित्र्याउन नदिने कुरामा नेपाल असमर्थ छ ।

प्रतिष्पर्धाको रुपमा जान भने सकिने उनले बताए । उनले भने–‘हामीले प्रतिष्पर्धा बजारका लागि डब्लुटिओमा हस्ताक्षर गरिसकेका छौं, अन्य देशबाट आयातित फूललाई हामी रोक्न सक्दैनौ, तर स्वदेशी फूललाई बढी भन्दा बढी उत्पादन गरेर प्रतिष्पर्धा भने गर्न सक्छौै ।’

कार्यक्रममा प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई.धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बेघालगायतले स्थानीय स्तरका फूल उत्पादनमा राज्यर्ले े सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । मेला धरान १२ पब्लिक माविको खेल मैदानमा बुधबारबाट शुरु भएको हो ।

मेला २९ गतेसम्म सञ्चालन हुने छ । मेलामा फ्लोरिकल्चर एशोशियसन मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने भनिए पनि २६ वटा स्टलमा सीमित रहेको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रहेका छन् । प्रतिष्पर्धामा उत्कृष्ट भएका नर्सरीहरलाई पुरस्कृत समेत गरिएको थियो ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved