२४ वर्ष कैद सजाय पाएका फरार अभियुक्त सुनसरीबाट पक्राउ

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा २४ वर्ष ८ महिना १५ दिनको कैद सजाय तोकिएका फरार अभियुक्त पप्पु यादव पक्राउ परेका छन्।

जिल्ला अदालत सुनसरीको २०८१ भदौ २५ गतेको फैसलाअनुसार सजाय तोकिएका यादव लामो समयदेखि फरार थिए। जिल्ला सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी त्रिभुवन यादवका २५ वर्षीय छोरा पप्पु सिंह भन्ने पप्पु यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८२ असार १७ गते इनरुवा नगरपालिका–३ मा हिँडिरहेको अवस्थामा फेला परेका यादवलाई जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई सुनसरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार सोही दिन अर्थात् २०८२ असार १७ गते अदालतको चलानी नं. ०८१–२६–०१४५६९ मार्फत कारागार कार्यालय झुम्का चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved