रास्वपामाथि प्रतिबन्ध र रविविरुद्धको प्रतिशोधका विरुद्ध धरानमा हस्ताक्षर अभियान सुरु

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लगाइएको प्रतिबन्ध र पार्टी सभापति रवि लामिछानेविरुद्ध देखिएको राजनीतिक प्रतिशोधको विरोधमा धरानमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।

रास्वपा धरान उपमहानगर समितिको आयोजनामा मङ्गलबार दिउँसो ४ बजेदेखि धरान स्थित भानुचोकमा ‘हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ अभियानको सुरुआत गरिएको हो।

अभियानको नेतृत्व धरान उपमहानगर समितिका संयोजक राम कार्कीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले हस्ताक्षरमार्फत वर्तमान सत्ता संरचनाको विरोध जनाउँदै रास्वपाको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए।

संयोजक कार्कीले वर्तमान सत्ताले नागरिकको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै भने, “रास्वपामाथिको प्रतिबन्ध तानाशाही सोचको उदाहरण हो। जनताको अधिकारको रक्षा र स्वाधीनताको पक्षमा देशव्यापी रुपमा यो अभियान चलाइएको छ।”

उनले रवि लामिछानेमाथि गरिएको व्यवहार र रास्वपाको गतिविधिमा गरिएको अवरोध सत्ता पक्षको नियोजित चाल भएको आरोपसमेत लगाए।

कार्कीका अनुसार अभियानलाई देशभर विस्तार गरिने र हस्ताक्षरमार्फत सरकार तथा सम्बन्धित निकायसमक्ष जनताको आवाज पुर्‍याइनेछ।

रास्वपाले यो अभियानलाई केवल पार्टीको मुद्दा नभई नागरिक स्वतन्त्रताको सवालका रूपमा अघि सारेको छ। “यो अभियान लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणको पक्षमा केन्द्रित छ,” कार्कीले स्पष्ट पारे।

पार्टीले देशका विभिन्न जिल्लामा निरन्तरता दिँदै हस्ताक्षर संकलन अभियानलाई थप सशक्त बनाउने जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved