नेपालकै टप–१० मा धरानको प्राइम भिजन कलेज

  • असार १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय होस्पिटालिटी म्यानेजमेन्ट कलेजले “नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाएको छ।

भारतको बेंगलोरमा आधारित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा नेपालभरका दर्जनौँ कलेजहरूमध्येबाट उत्कृष्ट १० मा परेका कलेजहरूमध्ये प्राइम भिजन पनि सूचीकृत भएको हो।

शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, उद्योगसँगको समन्वय, अभ्यासमुखी तालिम तथा विद्यार्थी विकास कार्यक्रमको मूल्याङ्कनका आधारमा गरिएको छनोट प्रक्रियामा प्राइम भिजनले उल्लेखनीय प्रदर्शन गरेको छ।

कलेजले सन् २०१८ मा स्थापना भएदेखि आठ वर्षको छोटो अवधिमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्तरको शिक्षाको विकास गर्दै आएको छ।

कलेजका निर्देशक अनिल श्रेष्ठले भने, “हाम्रो टिमको समर्पण, विद्यार्थीको मेहनत र अभिभावकको विश्वासकै कारण आज हामी नेपालका टप कलेजमध्ये स्थान बनाउन सफल भएका छौँ। हामी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ।”

कलेजले होटल म्यानेजमेन्ट, ग्लोबल कुलिनरी आर्ट्स, इभेन्ट म्यानेजमेन्ट, नेतृत्व विकास, फ्रेन्च भाषा तालिम लगायतका विषय समेटिएको गुणस्तरीय व्यावसायिक तालिम प्रदान गर्दै आएको छ।

व्यावसायिक इन्टर्नशिप, उद्योग अवलोकन, अन्तर्राष्ट्रिय प्रशिक्षकबाट कार्यशाला तथा लाइभ प्रोजेक्टहरूका माध्यमबाट विद्यार्थीलाई व्यवहारिक रूपमा तयार पारिने गरिन्छ।

कलेजका सीईओ अभिषेक श्रेष्ठका अनुसार, “हामीले शिक्षामा व्यवहारिकता र अन्तर्राष्ट्रिय योग्यता मिसाएर नेपाली विद्यार्थीलाई ग्लोबल मञ्चमा प्रस्तुत गर्ने वातावरण तयार गर्दैछौँ।”

यसैबीच, कलेजले सूचना प्रविधिको क्षेत्रमा समेत विस्तार गर्दै युकेस्थित एलसिसीआई जिक्यू (LCCI GQ) द्वारा विकसित र स्कटिस क्वालिफिकेसन्स अथोरिटी (SQA) बाट मान्यता प्राप्त डिप्लोमा इन कम्प्युटर इन्फर्मेशन टेक्नोलोजी र एडभान्स्ड डिप्लोमा इन कम्प्युटर इन्फर्मेशन टेक्नोलोजी सञ्चालनमा ल्याएको जानकारी सञ्चालक दुर्गा सुवेदीले दिनुभएको छ।

उनका अनुसार, ती पाठ्यक्रममार्फत विद्यार्थीले अध्ययनपछि युरोप, अष्ट्रेलिया, अमेरिका र मध्यपूर्वका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी उच्च शिक्षा हासिल गर्न सक्नेछन्।

“हामीले ल्याएका अन्तर्राष्ट्रियस्तरका आईटी कार्यक्रमले नेपाली विद्यार्थीलाई वैश्विक शिक्षा प्रणालीमा सहज पहुँच दिनेछन्,” सुवेदीले भने।

कलेजले आगामी सेमेस्टरका लागि भर्ना प्रक्रिया सुरु गरिसकेको छ। अतिथि सत्कार तथा सूचना प्रविधि शिक्षाको उत्कृष्ट गन्तव्यको रूपमा प्राइम भिजन कलेजको प्रभाव अझ बलियो बन्दै गएको छ।

praimevijan CamScanner 02-07-2025 18.09_1

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved