गोठगाउँमा मेडिकल कलेज चलाउन बाटो खुल्यो

  • माघ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको लागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो ।

गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य द्वय डा.शेखर कोइराला, डा.सुनिल शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन् । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना अनुरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइरहेको छ ।

त्यसअघि गत मंसिर २८ गते काठमाडौंमा बसेको सर्वपक्षीय बैठकमा मेडिकल कलेज सञ्चालनका लागि सबै सरोकारवालाहरु एकमत भएका थिए । सांसदहरुसहित विश्वविद्यालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग लगायतका पदाधिकारी सहभागी बैठकले कलेज सञ्चालनका लागि निर्णयार्थ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

सांसद डा. शर्माले माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अनुरोध गरेपछि प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर फायल अगाडि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि फायल अघि बढेपनि स्वास्थ्यमन्त्री कहाँ पुगेर रोकिएको थियो । गत २२ गते पुनः डा. शर्माले प्रधानमन्त्रीलाई उक्त विषय जानकारी गराएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई फोन गर्दै निर्देशन दिए ।

डा. शर्माले स्वास्थ्यमन्त्रीलाई भेट गर्दै मेडिकल कलेजको फाइल अगाडि बढाउन अनुरोध गरेपछि सोहीदिन फायल अगाडि बढेर मन्त्रिपरिषद्मा पुगेको थियो ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि विश्वविद्यालयले कलेज सञ्चालनका लागि फ्याकल्टी नियुक्तिसहित पूर्वाधार निर्माणको योजना अघि बढाउने तयारी थालेको छ ।

तत्कालका लागि कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ । मेडिकल कलेज सञ्चालनका लागि तीन सय वेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो । मन्त्रीपरिषद्को स्वीकृतिसँगै अब आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन हुने भएपछि सो क्षेत्रबासी हर्षित भएका छन् ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved