फोहोर व्यवस्थापनका लागि समिति गठन

  • माघ ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।

समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको छ ।

सो समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन कार्यान्वयनका लागि महानगरले सबै किसिमको सहयोग गर्ने मेयर नागेश कोइरालाले प्रतिबद्धता जनाए ।

निजी अस्पतालहरूले बुझाउने कर आउने क्रममा रहेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले अनुगमनमा जाँदासमेत अस्पतालहरूले सहजीकरण गरेर सहयोग गरेको बताए । छलफलमा महानगरभित्र सञ्चालित सबै अस्पताल परिसरभन्दा बाहिर पनि सफा राख्न र पर्खालहरूमा रंगरोगन गर्न अस्पताल सञ्चालक सहमत भएका छन् ।

यसैगरी अस्पतालहरूले महानगरलाई बुझाउनुपर्ने सबै प्रकारका स्थानीय कर नियमित बुझाउन तयार रहेको अफिनका अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले बताए । डा. अधिकारीले महानगरको समग्र विकासमा निजी अस्पतालहरूको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

फोहोर व्यवस्थापनका लागि महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved