डिजिटल कारोबारलाई सुरक्षित बनाऊ 

  • माघ ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । यससँगै अपराधीहरूले पनि अपराधका लागि भिन्न–भिन्न तरिका प्रयोग गर्ने गरेका छन् । वित्तीय अपराधमा पनि यस्तै अवस्था देखिएको छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ भने अनलाइनमार्फत् हुने वित्तीय अपराध पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्म डिजिटल प्लेटफर्ममार्फत् ३२ करोड ३८ लाख ३१ हजार रुपैयाँ ठगी भएको छ । पाँच महिनाको यो तथ्याङ्क अघिल्ला तीन वर्षको कुल ‘डिजिटलाइज्ड’ ठगीभन्दा पनि धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ देखि ०७८÷७९ सम्म तीन वर्षमा ३१ करोड २४ लाख ७२ हजार रुपैयाँ ठगी भएको थियो ।

यो निकै चिन्ताको विषय हो । वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढ्दै जाँदा वित्तीय ठगीका पनि नयाँ–नयाँ रूपहरू देखिन थालेका छन् । वित्तीय कारोबारमा प्रविधिको प्रयोग गर्ने सर्वसाधारणले पनि यस विषयमा सचेत र सतर्क हुनु आवश्यक छ । यस्तो सचेतनाकै अभावमा ठगीका घटनाहरू बढ्दै गएको हो । भुक्तानीसम्बन्धी प्रणाली बलियो र सुरक्षित नबनाउँदा पनि यस्तो समस्या आएको हो । अहिले जुनसुकै स्थानमा बसेर पनि अनलाइनमार्फत् जोसुकैसँग सहजै पहुँच पुर्याउन सकिने अवस्था छ । पहुँच पुगेपछि बिस्तारै आफ्नो जालमा पारेर ठगी गर्न सजिलो भएको छ । यसका लागि ठगहरूले विभिन्न बहाना बनाएर सर्वसाधारणलाई विश्वासमा लिई ठगी गर्ने गरेका छन् ।

पछिल्लो समय अनलाइन बैंकिङ तथा भुक्तानी बढेको छ तर यसलाई सुरक्षित बनाउन सरोकारवाला निकायहरूको ध्यान पुग्न सकेको छैन । सञ्चार मन्त्रालय, गृह मन्त्रालय, राष्ट्र बैङ्क, अन्य वाणिज्य बैङ्कहरू तथा वालेट कम्पनीहरूले यस विषयमा गम्भीर हुनु आवश्यक छ । ‘डिजिटलाइज्ड’ अपराध बढ्दै गएको सन्दर्भमा यसलाई नियन्त्रण गर्नु चुनौतीको रूपमा देखिएको छ । सम्बन्धित पक्षको ध्यान यसतर्पm जानु आवश्यक छ । आगामी दिनमा यस्ता अपराधको मात्रा थप बढ्दै जाने निश्चित छ । यसकारण यस अनलाइन भुक्तानी प्रक्रियालाई बलियो र सुरक्षित बनाउन अब भने ढिलाइ गर्नु हुँदैन । 

यस विषयमा सर्वसाधारणमा सचेतना जगाउनु आवश्यक छ । सचेतनाको कमीले गर्दा सर्वसाधारणहरू सजिलै शिकार हुने गरेका छन् । ठगका भनाइमा विश्वास गरेर उनीहरू पीडित हुने गरेका छन् । अतः सर्वसाधारण पनि यसप्रति गम्भीर बन्नुपर्छ । अहिले सबैभन्दा बढी ठगी ह्याक, क्रिप्टोकरेन्सीलगायत नाममा हुने गरेका छन् । यसलाई नियन्त्रण गर्न एकीकृत प्रयास हुनुपर्छ । 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved