उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

  • माघ ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /शनिवार भएको प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । निर्वाचित भएसँगै राना मगर निर्वाचित उपसभामुखको १२ औं नम्बरमा परेकी छन् ।

कुल २ सय ६४ सांसद उपस्थिति रहेको संसद्‍ बैठकमा उपसभामुखका निर्वाचित राना मगरले १ सय ६६ मत ल्याएकी थिइन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत ल्याएकी थिइन् । बढी मत ल्याएको आधारमा राना मगर उपसभामुखमा निर्वाचित भएको घोषणा सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन् । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।

मंसिर ४ गतेको निर्वाचनपश्चात समानुापतिक कोटाबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटाबाट साँसद भएकी नवनिर्वाचित उपसभामुख राना मगर कारागारमा परेका बुबा आमाको सन्तानको हेरचाहमा विगतदेखि नै सक्रिय रहेकी थिइन । झापामा जन्मिएकी ५२ बर्षीय ३३ बर्षको उमेरदेखि सामाज कार्यमा लागेकी हुन् । उनले जेलमा परेका आमाबुबाको सन्तानको हेरचाहसँगै शिक्षादिक्षा समेत दिँदै आएकी थिइन ।

११ बर्षको उमेरदेखि विद्यालयमा पढाइ शुरु गरेकी राना मगरले २०५३ सालमा स्नातक तहसम्मको पढाइ सकेकी थिइन । अध्ययन सकेपछिदेखि नै सामाजक कार्यमा क्रियाशील रहँदै आएकी छन् । अहिले पनि उनले २ हजार भन्दा बढी बालबालिकाको हेरचाह गर्दै आइरहेकी छन् । बन्दी सहायता नेपालकी संस्थापक अधयक्ष रानाको संस्थाले काठमाण्डौ, भक्तपुर लगायतका जिलमा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन छन् ।

झापामा उच्च शिक्षा शिक्षासम्म अध्ययन गरेकी राना मगरको काठमाण्डौ आएपछि पारिजातसँग भेट भयो । मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्था ह्युरनकी उपाध्यक्ष पारिजात जेलमा रहेका कैदीबन्दीका विषयमा आवाज उठाउने गर्थिन् । उनकै प्रेरणाले उनले जेलमा रहेका अभिभावकका बच्चाहरुको स्यहारमा लागेकी हुन् ।

समाजसेवी रानाले सन् २००५ मा अशोक फेलो, एसिया योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड २०१४ र द वन रोटरियन ह्युम्यानेटिरियन सर्विस अवार्ड २०२० प्राप्त गरेकी छिन । दुई दर्जनभन्दा बढी अवार्डबाट सम्मानित भइसकेकी उनी सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन् ।

२०१६ देखि हालसमम को को भए त उपसभामुख

महेन्द्रनारायण निधी

नेपालको संसदीय इतिहासमा महेन्द्रनारायण निधी पहिलो उपसभामुख हुन् । निधी नेपाली कांग्रेसका तर्फबाट २०१६ सालमा उपसभामुख बनेका थिए । उनको कार्यकाल २०१६ चैत १८ देखि २०१७ पुस १ गतेसम्म थियो । निधी नेपाली कांग्रेसको महामन्त्रीसम्म बनेका थिए । उनका छोरा विमलेन्द्र निधी अहिले कांग्रेसबाट सांसद छन् ।

महन्थ ठाकुर

हालै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष रहेका महन्थ ठाकुर नेपालको दोस्रो उपसभामुख हुन् । बहुदल स्थापनापछिको पहिलो संसदमा उनी उपसभामुख बनेका थिए । ठाकुर नेपाली कांग्रेसबाट २०४८ सालमा उपसभामुख बनेका थिए । उनको कार्यकाल २०४८ साल असार ०९ देखि २०५१ साल पुस ०२ गतेसम्म थियो ।

रामविलास यादव

रामविलास यादव २०५१ सालमा उपसभामुख बनेका थिए । यादव राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उपसभामुख बनेका थिए । यादवको कार्यकाल २०५१ पुस ०३ देखि २०५४ असोज २७ गतेसम्म थियो ।

लीला श्रेष्ठ सुब्बा

लीला श्रेष्ठ सुब्बा नेकपा एमालेबाट उपसभामुख बन्ने पहिलो हुन् भने नेपालको संसदीय इतिहासकै पहिलो महिला उपसभामुख हुन् । उनी २०५५ सालमा उपसभामुख बनेकी थिइन् । २०५५ साल वैशाख २३ गते उपसभामुख चयन भएकी श्रेष्ठको निधनका कारण कार्यकाल छोटो रह्यो । उनी २०५५ साल असोज २४ गतेसम्म उपसभामुख थिइन् । लीला सुनसरी १ बाट २०४१ मा निर्वाचित भएकी थिइन् ।

भोजराज जोशी

लीला श्रेष्ठ सुब्बाको निधनपछि नेकपा मालेका भोजराज जोशी उपसभामुख चयन भएका थिए । नेकपा एमालेबाट फुटेर गठन भएको नेकपा माले पार्टीको तर्फबाट उनी २०५५ असोज २८ गते उपसभामुख चयन भएका थिए । उनको कार्यकाल पनि छोटो नै रह्यो उनी २०५५ चैत ०९ गतेसम्म प्रतिनिधिसभाको उपसभामुख थिए । त्यसपछि आम चुनाव भएको थियो । भोजराज जोशी अहिले एमालेको केन्द्रीय अनुशासन आयोगको उपाध्यक्ष छन् ।

चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृत्व चित्रलेखा यादव २०५६ सालको आम चुनावपछि आएको संसदको उपसभामुख बनेकी थिइन् । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला उनी उपसभामुख थिइन् । २०५६ असार १५ उपसभामुख चयन भएकी यादवको कार्यकाल २०६३ माघ ०३ गतेसम्म रह्यो । उनले शाही शासनको बेला सडकबाटै सभामुखको रुपमा संसद संचालन गरेकी थिइन् । पुनस्र्थापित संसदमा सुवास नेम्वाङ सभापति भएपछि उनी असन्तुष्ट बनेकी थिइन् । हाल यादव कांग्रेस नेतृत्वमै छिन् र हालैको निर्वाचनमा सिरहा २ बाट जसपाका राजकिशोर यादवसँग पराजित भइन् ।

पूर्णकुमारी सुवेदी

शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभा निर्वाचनमा भाग लिएको माओवादी केन्द्रबाट पहिलो पटक उपसभामुख बन्ने नेतृ हुन् पूर्णकुमारी सुवेदी । उनी २०६५ मंसिर १३ गते उपसभामुख चयन भएकी थिइन् । उनको कार्यकाल देखि २०७० मंसिर ०४ गतेसम्म रह्यो । हाल उनी माओवादीमा क्रियाशील छन् ।

ओनसरी घर्ती

पुर्णकुमारी सुवेदीपछि पनि माओवादीले महिला नेतृलाई उपसभामुख बनाएको थियो । माओवादीबाट ओनसरी घर्तीले उपसभामुख बन्ने अवसर पाइन् । २०७० फागुन १४ उपसभामुख चयन भएकी घर्तीको कार्यकाल २०७२ असोज २७ गतेसम्म रह्यो । घर्ती २०७४ पछि सभामुख समेत भइसकेकी छन् । यो पटक निर्वाचनमा काठमाडौं २ बाट पराजित भएका कारण संसदमा उनको उपस्थिति छैन् ।

गंगा प्रसाद यादव

२०७२ मा संविधान जारी भएपछि ओनसरी व्यवस्थापिका संसदको सभामुख भएपछि गंगा प्रसाद यादव राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । उनको कार्यकाल २०७२ असोज २७ देखि २०७४ असोज २९ गतेसम्म रह्यो । यादव त्यसपछि एमालेमा प्रवेश गरेर सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त समेत भएका थिए ।

डा.शिवमाया तुम्बाहाङ्फे

नेकपा एमाले र माअ‍ोवादी केन्द्रको एकतापछि एमालेकी डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख चयन भएकी थिइन् । उनको कार्यकाल २०७४ चैत ०४ देखि २०७६ माघ ०६ गतेसम्म रह्यो । तत्कालीन सभामुख कृष्णवहादुर महरा बलात्कार केसमा परेपछि उनले लामो समय कार्यवाहक सभामुखको भूमिका समेत निर्वाह गरेकी थिइन् । उनी त्यसपछि मन्त्री समेत भइन् । हाल उनी एमाले स्थायी कमिटी सदस्य तथा संसदीय विभाग प्रमुख छिन् ।

पुष्पा भुसाल

पुष्पा भुसाल नेपाली कांग्रेसको तर्फबाट उपसभामुख बनेकी थिइन् । अग्नि सापकोटा सभामुख भएपछि लामो समय उपसभामुख चयन नभएकाले अन्तिममा भुसाल निर्वाचित हुने मौका पाइन् । तत्कालिन समयमा उनको कार्यकाल २०७९ असार ३१ देखि २०७९ असोज ०१ गतेसम्म रह्यो ।

इन्दिरा राना

इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख निर्वाचित भएकी छन् । उनी २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएकी हुन् ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved